काठमाडौं। किसानहरुका लागि अनुदान वितरण गर्ने रकममा कृषिका कर्मचारीहरु विदेशमा मस्ती गरिरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्न नसकेपछि किसानहरु दिक्क भएका छन् ।

कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्रमुख तेजबहादुर सुवेदी सहित २० जनाको टोली अहिले थाईल्याण्डको फुकेटमा मस्ती गरिरहेका छन् ।

पश्चिमका पहाडी जिल्लामा खाद्य सुरक्षाका लागि काम गर्नका लागि विश्व वैंकको अनुदानमा सञ्चालन भएको सो आयोजना खाद्य सुरक्षा, कृषि उत्पादन र पोषण सुरक्षाका लागि भन्दा पनि विदेशमा मस्ती कार्यमा नै लिप्त भएका छन् ।

गत सातामात्रा सो आयोजनाका परियोजना निर्देशक सुवेदी सहित १७ जना कोरिया भ्रमण गरेर फर्केका थिए । किसानका नाममा आएको अनुदानको लाखौं रुपैयाँ खर्चेर कोरिया मस्ती गरेर आएका आयोजनाका कर्मचारी पुन थाइल्याण्ड मस्ती गर्नुको अर्थ के ? आयोजना निर्देशकका सुवेदी सहितको एकदर्जन टोली आषाढ मसान्तका दिन थाइल्याण्डको फुकेट घुमेर हुम्ला, जुल्मा कालिकोटका किसानहरुलाई खाद्य सुरक्षा होला ?

कृषि विकास मन्त्रालयका सहसचिव स्तरका आयोजना निर्देशक कोरियाबाट फर्केर आउन नपाई थाईल्याड जान किन स्वीकृत गरियो । अनुदानको रकममा विदेश शयर गर्नका लागि दुरुपयोग हुँदा पनि सरोकारवाला निकाय किन मौन बसिरहेको छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यान दिए भोकमरीमा पिल्सेका नेपाली जनताको नाममा आएरको बजेट सहि सदुपयोग हुन्थ्यो होला।

सांघु साप्ताहिकबाट