मौसम अनुसार पाईने विभिन्न किसीमका फलफुल हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । तिनै फलफुलमध्ये एक हो नासपाती । बर्षायाममा सजिलै पाईने यो फल खानको लागि स्वादिलो हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । यसको सेवनले तपाई कयौँ किसिमको रोगबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

१, कोस्ट्रोल : नासपातीमा पाईने प्याक्टिन नमाक घुलनशील फाईबर कोलस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ ।

२, पाचन यन्त्र :आयुर्वेदका अनुसार नासपातीले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ । यसको सेवनले तपाईलाई भारीपन हुन दिँदैन ।

३, यदी तपाई छिट्टै थाक्नुहुन्छ भने नासपाती सेवन गर्नुहोस । यस्तो अबस्थामा तपाईलाई फाईदा पुग्छ । नासपातीले छिट्टै उर्जा दिन्छ । साथै तिर्खा मेटाउन त्रिदोष नाशक हुन्छ ।

४, क्यान्सर : यसमा हाइड्रोअक्सिनामिक एसिड पाईन्छ जसले पेटको क्यान्सर रोक्न मद्धत गर्छ । फाइबर पेटको क्यान्सर बढ्न कम हुन्छ ।

५, बलियो हड्डी : नासपातीमा हुने बोरोन तत्वले हड्डीलाई बलियो बनाउँछ ।

६, हार्ट स्ट्रोको जोखिम : यसको सेवनले हार्ट स्ट्रोकको खतरा ५० प्रतिशतले कम गर्छ र शरीरमा ग्लुकोज उर्जामा मजबुद बनाउँछ ।

एजेन्सी