काभ्रे। काभ्रेपलाञ्चोकमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनी लि धुलिखेलका प्रमुख अशोक खड्काले झण्डै दुई सातादेखि डिएपी मलको अभाव भएको जानकारी दिँदै ग्लोबल टेन्डरमार्फत खरिद भएको मल भारतको कोलकातामा रोकिएको बताएका छन् ।
धान र मकैका लागि डिएपी मल आवश्यक भएकाले त्यसको माग बढी रहेको उल्लेख गर्दै उनले कम्पनीसँग १५० बोरा मात्रै मल रहेको जानकारी दिए ।
प्रमुख खड्काले भने, “भारतमा रोकिएको मल ल्याउने तयारी भइरहेको छ, केही दिनमा नै मल जिल्लामा आइपुग्छ ।” कम्पनीले काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका कृषकलाई मल बिक्री गर्दै आएको छ ।