हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ।

त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ।

मोटोपन कम गर्छः
हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिदैँन।

महिनावारीमा आरामः
स्त्रीहरुमा हुने माहिनावारीसँग सम्बन्धीत सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, माहिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ।

पेटको क्यान्सरः
रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्व काउमेस्ट्रोल हुन्छ, जसले क्सान्सर कोषीकाहरुको विकास रोक्छ।

मधुमेह नियन्त्रणः
यसमा प्रोटीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।

हाडलाई मजबुत राख्छः
भिटामिनले भरिपूर्ण हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।