दैलेख। लामो समयको खडेरी पछि निरन्तर पानी पर्न थाले पछि दैलेखकाका किसानहरु खुसी भएका छन् ।

लामो समय देखि पानी नपरेपछि हिउँदे बाली राम्रो सँग भित्राउन नपाएका किसानहरु निरन्तरको पानीले बर्षेबाली राम्रो सँग सप्रिने भएकाले खुसी भएका हुन् । समान्यतया जेठको अन्तिम साता देखी साँझ पख छिटफुट रुपमा पानी परेपनि असार १ गते देखि निरन्तर पानी परेपछि किसानले लगाएको मकै तथा तरकारी बाली सप्रिने बताएका छन् ।

भरखरै रोपिएका धानका लागी पनि सिँचाइको सहजता हुने जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । लगातार पानी परेपछि खडेरीले सुक्दै गएको बन जंगल पानि पर्दा हरीयालि हुनुका साथै घाँस पलाउदै गएको छ ।