समाचार

तरकारी खेतीमा भविष्य बुन्दै पडावका किसान

कन्चनपुर। बेलौरी नगरपालिका-३ पडावका धम्मल चौधरी हिजोआज तरकारी खेती हेरचाहमा बिताउँछन्। तरकारीका बिरूवा गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने, घरमै तयार गरिएको जैविक विषादी छर्कने र तयार भएको तरकारी टिप्ने र बिक्री गर्ने कार्यमै दिन बितेको उनलाई पत्तो नै हुँदैन। ‘तरकारी खेतीमै दिन बित्ने गरेको छ’, उनले भने, ‘यसमै भविष्यका सपना बुन्न थालेको छु। यसबाटै […]

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्व। रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे […]

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

देउखुरी। घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलोे भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घाँस लगाउन थालेको […]

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, आइतबारदेखि मौसममा सुधार आउने

ललितपुर। पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, […]

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

पर्वत। गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए […]

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

खलङ्गा। कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित बाइराँकामा उन्नत जातको […]

प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

झापा। हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ । बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ । कचनकबल–४ फेर्कागाछी निवासी ४३ […]

चितवनमा धान उत्पादन घट्यो, मकैको उत्पादन भने स्थिर

चितवन। जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए […]

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरीत

भक्तपुर। भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकांश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो […]

विश्व सिमसार दिवस : सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

ललितपुर। हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा […]