ललितपुर। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणको क्रममा नेपालमा उत्पादित फलफूल चिन निर्यात गर्ने समझदारी पत्रमा सम्झौता भएको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालमा उत्पादित सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।

आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरी चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।