ललितपुर। नेपालमा उत्पादन भएको तरकारी युएईको बजारमा पुगेको छ । अल समन इन्टरनेसन प्रालीले नेपालमा उत्पादित तरकारी युएईको बजारमा पु¥याएको हो ।

सेप्टेम्बर ४ देखि नेपाली तरकारी युएईको व्यापारिक मलहरुमा उपलब्ध रहेको अल समन इन्टरनेसन प्रालिका संचालक कल्याण घिमिरेले बताउनुभयो । नेपालमा उत्पादित गुन्द्रुक, तितेकरेला, अकबरे खुर्सानी, तामा, सिमी, मुलालगायतका ९ थरी तरकारी तथा फलफूल अहिले कतार पछि युएई पुगेको हो ।

हाल कम्पनीले साताको दुई पटक आइतबार र बुधबार मागबमोजिमको तरकारी कतार पठाउँदै आएको छ भने मंगलबार युएई पठाउने गरेको छ । निर्यातका सुरुआती दिनमा कालिमाटी बजारबाट तरकारी किनेर पठाउने गरे पनि अहिले कम्पनीले प्रत्यक्ष किसानसँगै तरकारी लिँदै आएको छ।

भिडियो हेर्नुहोस :