एजेन्सी। निपा भाइरस नेपालमा नि फैलिन सक्ने अनुमान विश्व स्वाथ्य शंगठनले गरेको छ । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ।

नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन ।

के हो यो रोग?
एनआईभी भनिने निपा भाइरसको संक्रमण नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ। यो भाइरस खासगरी ’फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ।

यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

कसरी बच्ने ?
रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ।

यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्।

लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।

खोप छैन :
सत्तरी प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन।

विश्व स्वास्थ्य संगठनले हुनसक्ने ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका दश घातक रोगमा निपा भाइरस संक्रमण पनि पर्दछ।