समाचार

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

झापा। काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु. १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु. १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी […]

ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग

चौतारा। परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग […]

काफल बेचेर दैनिक दुई हजार आम्दानी

खजुरा। यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ । काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरु बताउँछन् । रोल्पाबाट दाङ हुँदै […]

मनाङमा घर घरमा पशु स्वास्थ्य सेवा

मनाङ। पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ । विज्ञ केन्द्रले यही वैशाख १५ देखि १७ गतेसम्म घर–घरमा पुगेर पशु स्वास्थ्य सेवाका लागि शिविरमार्फत सेवा दिएको हो । जिल्लाको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकाका पशुपालक किसानको घरमा पुगेर पशु स्वास्थ्य सेवा […]

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए’

बेनी। अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उनकी जीवनसाथी राममायाले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराएका थिए । जति सङ्घर्ष गरेर […]

विदेशबाट फर्किएर पशुपालन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किए । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचअनुरुप उनले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गरे । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम […]

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर। प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको […]

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

ढोरपाटन। बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा […]

उत्पादित तरकारीले बजार पाएन

रुकुम। रुकुम पश्चिमको विभिन्न ठाउँमा तरकारी खेतीका लागि प्रख्यात ठाउँहरू छन् । जिल्लाको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा राम्रो उत्पादन हुने गर्छ । खोलागाउँ, चौफा, माछमी, काउलेचौर, लोरीबाङलगायत राम्रो तरकारी उत्पादन हुने ठाउँ हुन् । जिल्लामा उत्पादित तरकारीको उचित बजार भए जिल्लामा अधिकांश तरकारी बाहिरबाट ल्याउन पर्दैन । जिल्लामा मौसमी र बेमौसमी सबै […]

दगाममा उत्पादित मह विदेश निर्यात

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार ती देशमा बढीमा […]