समाचार

मह उत्पादन घटेपछि निराश मौरीपालक

जाजरकोट। नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश छन् । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका […]

किसानको आकर्षण नर्सरी खेतीतिर

खलङ्गा। पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका उनी बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तैउस्तै भएको बताउँछन् । यो वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । […]

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

वीरगञ्ज। पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । […]

चितवन माछामा आत्मनिर्भर

चितवन। नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँको अनुसार […]

स्याउ उत्पादन बढ्दा मुस्ताङमा यो वर्ष ५५ करोड रुपैयाँ भित्रियो

म्याग्दी। मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष ५ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष ५ हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए। उनका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले […]

यस वर्ष पनि रासायनिक मलको अभाव हुने

ललितपुर। गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरीद विक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरीद गर्न नसकिएको भन्दै अभाव हुने जानकारी दिएको हो । आलु र गहुँका लागि आवश्यकपर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव […]

चिराइतोको मूल्य बढेपछि किसान हर्षित

भोजपुर। बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चार/पाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । गत वर्ष आठदेखि दश हजारमा बिक्री […]

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न विज्ञको सुझाव

कर्णली। कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरुले सुझाएका छन्। आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका थिए। प्रवक्ता कठायतले खडेरीमा स्याउखेतीको […]

खसीको मासुको मूल्य बढ्यो

सुर्खेत। सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रू. ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रू. ९०० पुर्‍याइएको सुर्खेत मासु व्यवसायी संघले जानकारी दिएको छ । यो मूल्य आज (आइतवार) देखि लागू हुनेछ । संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य […]

६ प्रदेशमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सुरु, ८ अर्ब बढी लगानी

ललितपुर। कोभिड–१९ का कारण शिथिल भएको मुलुकको अर्थतन्त्रलाई महामारीपूर्वकै अवस्थामा फर्काउन सरकारले ८ अर्बभन्दा बढीको लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना प्रारम्भ गरेको छ । विश्व बैंकसँगको साझेदारीमा सरकारले प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँच वटा आर्थिक ‘करिडोर’का केही नगरपालिकामा उद्यमशीलता प्रवद्र्धन गरी कृषि उत्पादकत्व बढाउन गत बिहीबार परियोजना […]