समाचार

पाकिस्तानतर्फ चिया निर्यात घटाउँदै भारत

एनेन्सी। भारतले पाकिस्तानतर्फ चियापत्तिको निर्यात घटाउने भएको छ । हालै पुलवामामा भएको आतंकवादी हमलाको विरोध गर्दै त्यहाँका चिया उत्पादकहरुले यस्तो घोषणा गरेका हुन् । यसरी कटौती गरिएको चियापत्तिलाई इजिप्ट, मध्य पूर्व र रुस लगायत अन्य प्रमुख बजारमा बेच्ने प्रयास गरिने भारतीय चिया संघका अध्यक्ष विवेक गोयन्काले बताएका छन् । विगत केही वर्षयता पाकिस्तानमा भारतीय चियापत्तिको […]

गहुँबालीमा फौजीकीरा

बैतडी। गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजीकीराले गहुँबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतका रूपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए। खेतमा लगाएको गहुँ फौजीकीराले पूरै नष्ट गरेको छ। पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजीकीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा […]

अनुदानमै सीमित युवालक्ष्यित कार्यक्रम

पाल्पा। विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि । अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा […]

ब्रोइलर चल्लासहित दुई भारतीय पक्राउ

राँझा। भारतबाट ठूलो परिमाणमा आयात भएको ब्रोइलर कुखुराको चल्लासहित दुईजना भारतीय नागरिकलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–३ एनसिसिएनबाट तीन हजार ६०० ब्रोइलर कुखुराका चल्लासहित भारतीय नागरिक अमिन सिद्दिकी र ललो गौतम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टाइन कार्यालय […]

नार्कले पाएन कृषि वैज्ञानिक, १८० दरवन्दी रिक्त

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आहृवान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो । गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको नार्कले जनाएको […]

घरेलु उद्योग तथा प्रांगारिक कृषि मेला हुँदै

ललितपुर। घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले राजधानीमा ‘१५औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला, घरेलु उद्योग महोत्सव तथा तेस्रो प्रांगारिक कृषि मेला–२०७५’ आयोजना हुने भएको छ । फागुन २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू तथा भारत, पाकिस्तान, बंगलादेश र चीनका उद्यमीहरुको […]

दुग्धजन्य उद्योग सङ्कटमा

पशुपतिनगर। इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार […]

अज्ञात रोगले भैंसी मर्न थालेपछि बैतडीका कृषक चिन्तित

बैतडी। अज्ञात रोगका कारण धमधाम भैंसी मर्न थालेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता किसानहरुले पालेका भैंसी मर्न थालेका हुन् । रातो गहुँत आउने, भैसीको खुट्टाहरु सुन्निने, र्याल चुहाउने,खाना नखाने जस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए । गाउँमा अहिले सम्म दुई भैंसी मरेका छन् भने […]

उखुको बिउ पनि भारतबाटै आयात गर्नुपर्ने बाध्यता !

ललितपुर। नेपालमा उखुको विउ उत्पादन नहुने भएका कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । अहिले चिनी उद्योगले नै विउ आयात गरेर किसानलाई वितरण गर्न थालेका छन् । उखुको विउमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ । नेपालमा बर्षेनी ठूलो परिमाणमा उखुको विउ भारतीय बजारबाट आयात हुँदै आएको छ । मुलुकमा उखुको विउ उत्पादन गर्ने निकाय […]

रामपुरे किसान उन्नत जाततर्फ आकर्षित

बेझाड। पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् । […]