समाचार

अलैंची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर। जिल्लामा प्रधानमन्त्री अलैंची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैंची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छन् । साथै ३८ ले योजना माग गरेको परियोजनाको अलैंची जोन कार्यालयले जनाएको छ […]

कृषि विकास बैंकले कृषि तथा पशुपालन गर्न विनाधितो ऋण दिने

कास्की। कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरामा भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको […]

आधुनिक वधशाला र कृषि हाटबजार बनाउँदै प्रदेश २ सरकार

लहान।  प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताएका छन् । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र […]

माछाका भुराको आयातमा कर वृद्धि

काठमाडौं। सरकारले सौन्दर्य माछाका भूराको गैरकर राजस्वका दर निर्धारण गरेको छ । गत फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सौन्दर्य भूराको गैरकर राजश्व र कर निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । हाल कोइकाक भन्ने सौन्दर्य माछाको मूल्य प्रतिमाछा दुई रुपैयाँ पाँच पैसा छ । […]

स्याउ र ओखरका बिरुवा वितरणमा अनियमितता

हुम्ला। सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् । जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि […]

शीतभण्डार स्थापना गर्न केरा उत्पादक किसानको जोड

नवलपरासी। पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रवद्र्धनका लागि शीतभण्डार स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८, पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभामा सहभागी किसानहरुले यस्तो जोड दिएका हुन् । लखु यादवको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले यहाँका किसानहरुको मागलाई […]

राज्य मन्त्री चौधरी द्वारा भेनोरामा रहेको फुजी स्याउ नर्सरीको अवलोकन

भेनोरा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी तथा योजना प्रमुख डा योगेन्द्र कुमार कार्की सहीतको टोलीले ईटालीको भेनोरामा निजि क्षेत्र तथा सामुहिक (सहकारी) द्वारा संचालित स्याउ नर्सरीको अवलोकन गर्नु भएको छ । उक्त अवसरमा संचालकसँग बिरुवा उत्पादन बिधि ,बिरुवा विभिन्न देशमा पठाउने तथा लागत मुल्य बारे जिज्ञासा राख्नु भएको थियो । ५०० […]

मौसमी तथा बेमौसमी आँप उत्पादन गर्न अनुसन्धान शुरु

भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप […]

भुकम्प पश्चातको राहतमा डब्लुएफपीले गरेको सहायता तारिफयोग्य :राज्य मन्त्री चौधरी

रोम। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्व को टोली र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाह बिच भेट बार्ता भएको छ । ईटलीको रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेट बार्तामा मन्त्री चौधरीले भुकम्प पछिको राहत कार्यक्रममा (डब्लुएफपी)ले गरेको सहयोगको खुलेर प्रसंसा गर्नु भएको […]

उखु किसान सडकमा

सर्लाही। गत वर्ष विक्री गरेको उखुको बाँकी भुक्तानी तथा अनुदानबापतको रकम माग गर्दै उखु किसान सडक आन्दोलनमा उत्रिएका छन् । सोमवार सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम लोकमार्गमा उखुका लाँक्रासहित भेला भएका किसानले विरोध जुलुस निकालेका हुन् । पूर्वपश्चिम लोकमार्गस्थित हरिवन चोकमा भेला भएका किसानको जुलुस इन्दुशंकर चिनी उद्योगअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै […]