समाचार

खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान

दोधारा चाँदनी। खाद्य व्यापार तथा कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान पाउन सकेको छैन । संस्थानले किसानबाट यस वर्ष १४ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार आठ सय २० क्विन्टलमात्रै धान खरिद गर्न सकेको छ । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन । सरकारले ढिला गरी […]

मकैको बीउ उत्पादनसँगै निर्यात

दिपायल। दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । जोरायाल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको […]

चालीस रोपनीमा अनार खेती

चौतारा। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु. १५ लाखको लगानीमा अनार खेती सुरु गर्नुभएको हो । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु. ४० लाख […]

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी। माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । यसपाली पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । […]

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

डाकार। अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको […]

विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा

भोजपुर। भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक […]

किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह

कलैया। कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताउनुभएको छ । बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको […]

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

वालिङ। स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला […]

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मङ्गलबारे। सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू. एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिनुभयो । कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम […]

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

जनकपुरधाम। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन । परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार विगत छ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ । जिल्लास्थित सरोकारवालासँग दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गर्न आज जनकपुरधाममा आयोजित कार्यक्रममा परियोजना […]