समाचार

धान मिलको स्तरोन्नतिले हुनसक्छ चामलमा राहत

जनकपुरधाम। नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता हो । मुख्यतः भात खाने संस्कारमा हुर्किरहेका नेपालीका लागि वार्षिक अर्बौंको चामल आयात गर्नुपर्ने अवस्थाले हाम्रो विवशता दर्साउँछ । गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु. ४७ अर्ब ५७ करोडको चामल आयात भएको सरकारको तथ्याङ्कले त्यसलाई पुष्टि गर्छ । […]

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुर। सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु. छदेखि […]

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

भजनी। कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसक्नुभएका […]

व्यावसायिक कृषिले बढ्यो आयस्तर

भोजपुर।  व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो । यहाँका किसानले व्यावसायिकरुपमा तरकारी तथा नगदेबालीको उत्पादनबाट राम्रो आम्दानी लिन थालेका हुन् । स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा थप व्यावसायिक धारणाको विकास भएको छ […]

केरा खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताउनुभयो । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले बार्षिक रु. १६ लाखदेखि रु. २० लाखसम्म आम्दानी हुने […]

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

वालिङ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू. १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू. १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो । “वडामा […]

हिमपात र वर्षाले जुम्लाका किसान हर्षित

जुम्ला। लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् । मङ्गलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरुवालाई राहत हुने भएपछि किसानहरु हर्षित भएका हुन् । आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख […]

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

देउखुरी। घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ । पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको […]

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

कलैया। बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् । आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी […]

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

जनकपुकपुरधाम। कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवद्र्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ । केन्द्रका प्रमुख शङ्करप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पु¥याउन र कृषक तथा कृषि मजदुरलाई उपकरण र कृषियन्त्र वितरण गरिँदै आएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा करिब रु. ८० […]