लेख

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

दाङ।सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् । एक हप्ताअघि उक्त दहमा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका […]

रासायनिक मलको विकल्पमा जैविक मल

झापा। खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् […]

नमूना बस्तीमा समस्याका चाङ

बलेवा।घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते । विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ […]

जोरसल्ला र चौरङ्गेफेदीमा

चैते दशैँको दिन बिहानै चिया पिएर यसपालि हामी काठमाण्डौबाट पूर्वतिर लाग्यौँ । गाउँका मानिसहरुलाई भेटने अनि विगत र वर्तमानसँगै भविष्यको कार्ययोजनाका सम्बन्धमा पनि छलफल गर्ने हाम्रो लक्ष्य थियो । गाउँका मानिस भन्नासाथ हाम्रो मस्तिष्कले सोझै विपन्नतातिर लैजाने गर्छ । गरिबी, अभाव, अशिक्षा र अचेतनको अवस्थासम्म पनि सोच्दछ । त्यस्तो सोचाइमा आंशिक सत्यता भएता पनि बदलिएको […]

चैते धानखेती घट्दै

गण्डकी।   गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए । चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ […]

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

  दाङ। घाेराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाई छ । वरिपरि घनाजङ्गलले घेरिएको यो दहले […]

वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी। दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर नजिकै जङ्गल छ, […]

वर्षाले पर्यावरण र किसानलाई राहत

काठमाडौँ। लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताउनुभयो । […]

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

  वीरगञ्ज। पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । […]

विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानीे सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी

काठमाडौँ।   नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षात्को पानी सङ्कलन , पानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । वर्षात्को पानी सङ्कलन गरी दिगो विकासको लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा […]