चौँरीगाईको दूध बेचेर लखपति बन्दै

रसुवा। चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । […]