जानकारी

मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन

भोजपुर। बिजवृद्धि सहकारी संस्था लिमिटेड सिद्धेश्वर–५ भोजपुरले मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन गरेको छ । जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको मनकामना जातका मकैबारे सहकारीले शनिबारदेखि अनुगमन थालेको सहकारीका संयोजक शम्भु राउतले जानकारी दिए। सिद्धेश्वर गाविस तथा आसपासमा गरिएको अनुगमनमा अधिकांश मकैको उत्पादन सन्तोषजनक रहे पनि दुई सय रोपनी क्षेत्रफलमा ४० घरधुरीले लगाएको मकै […]

भैंसीलाई सुत्केरी भत्ता

काठमाडौं।  सरकारले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने हरेक महिलालाई सुत्केरी स्याहार भत्ता दिन थालेको नयाँ होइन । यहाँ भने जिल्ला पशु सेवा कार्यालयले भैंसीलाई पनि ‘सुत्केरी भत्ता’ दिने गरेको छ । दुधालु भैसी र पाडापाडी संरक्षणमा चेतना जगाउन यस्तो कार्यक्रम थालिएको हो । दुधालु भैंसी र भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुन थालेपछि त्यसको […]

बिना माटो काँक्रो उत्पादन

बनेपा। तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ । माटोमा […]

नयाँ जातको च्याउ खेती सुरु

बुटवल। तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ । जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन […]

टिमुर खेति कसरि गर्ने ?

टिमुर २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३ वटा पत्रकहरू भएको हुन्छ । पत्रकहरूविपरीत, भेट्नु नभएको, अण्डाकार, किनारा महिसो करौती जस्तो वा सीधा, टुप्पा तिखो, माथिल्लो सतह गाढा हरियो र तल्लो सतह फिका हरियो रङ्गको र ग्रन्थियुक्त हुन्छ । […]

पहिलो पटक व्यावसायिक अनारखेती

पाल्पा। व्यवसायिक रुपमा कृषि गर्ने किसानहरुको लहर बढेसंगै पाल्पाको मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती शुरु गरिएको छ । मदनपोखराका स्थानीय बासिन्दा नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । उनले भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाएका छन् । एक पटक […]

माछापालनबाट मनग्य आम्दानी

पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् । गुरुङले घर अगाडिको मकै लगाउने जग्गामा पोखरी निर्माण गरि व्यावसायिक […]

यसरी गरौं परवलको खेती

परिचय र महत्व: परबल  एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर  तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर  खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । […]

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

पोखरा। व्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ । पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् । त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नंं। १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी […]

भोजपुरमा मनकामना जातको मकै लोकप्रीय

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ ।भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए । भोजपुरको […]