जानकारी

बोधिचित्त र रुद्राक्ष खेतीमा किसानको आकर्षण

सिन्धुली। एउटै रुखबाट लाखौं रुपैयाँ आम्दानी लिन सकिने बोधिचित्त र रुद्राक्षको जिल्लामा ब्याबसायीक खेती थालीएको छ । काभ्रे र रामेछाप जिल्लाका कृषकहरूले राम्रो आम्दानी लिने गरेको थाहा पाएपछि जिल्लाका कृषकहरूले पनि काभ्रेबाट विरुवा मगाएर बोधिचित्त र रुद्राक्षको ब्याबसायीक खेती थालेका हुन् । जिल्लाको भुवनेश्वरी गाविसमा यसको ब्यावसायीक खेती थालीएको हो । विश्वकै एकमात्र वनस्पति बोधिचित्त(बुद्धचित्त) […]

विषादी हालेर पकाएको केरा बिक्री

राजविराज। मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्बाइड प्रयोग गरेर पकाइएको केरा तराईका स्थानीय बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । चाडपर्व नजिकिएसँगै फलफूलहरुको माग बढेपछि कार्बाइडको प्रयोग पनि बढेको हो । शहरका विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाइएका केरा चाडपर्वका बेला धमाधम बिक्री गर्न थालिएको राजविराज ७ की स्टाफ नर्स सुनिता यादवले […]

किसान टनेल खेति प्रविधितर्फ आकर्षित

सर्लाही । ग्रिन हाउसमा तरकारी खेती गर्ने क्रम अब तराइसम्म पनि विस्तार हुन थालेको छ । मध्य तराईको सलार्ही जिल्लामा टनेल खेतिले व्यापकता पाएको हो । सर्लाहीमा हालसम्म ३५ स्थानमा ३५ जना किसानले टनेल प्रविधिमार्फत ग्रिन हाउसमा तरकारी खेती विस्तार गरिसकेका छन्। ‘तराईका किसान पनि टनेल खेतिप्रति निकै नै उत्साहित बनेका छन्,’ राजघाट–७ बिहानी चोकस्थित […]

एघार रोपनी जग्गा भाडामा लिएर युवाले गरे गोलभेँडा खेती

पाल्पा। विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् । एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएरयुवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ ।विदेशिएका अर्जुन थापा, […]

उदयपुरमा केरा उत्पादनमा वृद्धि

उदयपुर। यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् । जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ । यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पनि नलागेको र हावाहुरीले पनि बोटलाई क्षति नगरेका कारण सुरुदेखि […]

तनहुँमा यस वर्ष माछा उत्पादन बढ्यो

तनहुँ। तनहुँमा गत वर्षको तुलनामा यसवर्ष माछा उत्पादन वृद्धि भएको छ ।गत आवमा २३ मेट्रिक टन माछा उत्पादन भएकामा यस आवमा ४० मेट्रिक टन माछा उत्पादन भइ गत आवको तुलनमा १७ मेट्रिक टनले बढी हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जिल्लाको ३३.५ हेक्टर क्षेत्रफलमा कमन कार्प, ग्रास कार्प, सिल्भर […]

“व्यवसायिक पशुपालन लागि उदाहरणीय बन्दै चितवन “

चितवन। चितवन अहिले व्यवसायिक पशुपालनका लागि उदाहरणीय जिल्ला बन्दै गैरहेको छ । पशुपालन ,कुखुरापालन, माछापालन देखि मौरीपालनसम्मको व्यवसाय चितवनमा अहिले अन्य जिल्लाको तुलनामा निकै फस्टाएको छ । देशको केन्द्रको रुपमा रहेकोले भोलिका दिनहरुमा औद्यागिक क्षेत्र को समेत उच्च संभावना रहेको चितवनले कुखुरापालन व्यवसायको राजधानीको रुपमा पहिचान कमाई सकेको छ भने कृषिका अन्य क्षेत्रमा पनि द्रुत […]

व्यावसायिक बाख्रा प्रबर्धन कार्यक्रमको बजेट बढ्यो

काठमाडौं .व्यावसायिक बाख्रा प्रबर्धन राष्ट्रिय अभियान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा बजेट धेरै नै बढाईएको छ । यस वर्ष बाख्रा प्रबर्धन राष्ट्रिय अभियान कार्यक्रम मा १९ करोड ७१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। पशु उत्पादन निर्देशनालय केन्द्रीय भेडाबाख्रा प्रबर्धन कार्यालयले सञ्चालन गरेको उक्त कार्यक्रमका लागि गत वर्षभन्दा ६.८४ गुणा बढी रकम विनियोजन […]

सूर्यमुखी उन्नत उत्पादन प्रविधि

देवेन्द्र कुमार चौधरी वरिष्ठ वैज्ञानिक (एस ४) तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाही परिचय सूर्यमूखी एक महत्वपूर्ण तेलहनबाली हो । तेलहनबालीमा विश्वमा यसको चौथो स्थान छ । यसको उत्पति स्थल दक्षिण अमेरिका तथा मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औँ शताब्दीमा, स्पेनबाट इंग्ल्यान्ड र इंग्ल्यान्डबाट रुस तथा भारत १९ औँ शताब्दीमा आएको हो । नेपालमा […]

५ हजार २ सय २६ पशुमा कृत्रिम गर्भाधान

तनहुँ। तनहुँमा आर्थिक वर्ष २०७२/७३ मा ५ हजार २ सय २६ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जिल्ला पशु सेवा कार्यालय तनहुँले सरकारी तथा निजी क्षेत्रबाट कृत्रिमा गर्भाधान गरिएको जनाएको छ । सरकारी क्षेत्रबाट १ हजार ८ सय ३९ गाईमा र ७ सय १० भैंसीमा कृत्रिम गर्भाधान गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक बाबुराम जमरकट्टेलले […]