अर्थ/बजार

श्रीराम सुगर मिल्सले ग¥यो २५ करोड भुक्तानी

ललितपुर। रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो । उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो […]

क्याटवरी बनाउने उद्योग स्थापनाको तयारी, १ करोड ८ लाख लिटर दूध प्रशोधन गर्ने

मकवानपुर। वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ । उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद […]

कृषि विकास बैंकले ६ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने

ललितपुर। कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको उक्त ऋणपत्र वार्षिक ४ प्रतिशत ब्याजदर तोकेर विक्री गर्ने अनुमति माग्दै मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कुल कित्तामध्य २४ लाख कित्ता सार्वजनि निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने ३६ […]

प्रतिक्वीन्टल ८ रुपैयाँले बढ्यो उखुको न्यूनतम् समर्थन मूल्य

ललितपुर। सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी […]

कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी नयाँ निर्देशिका जारी

ललितपुर। बीमा समितिले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ अनुसार चालु आर्थिक वर्षदेखि हरेक निर्जिवन बीमा कम्पनीहरुले बार्षिक कूल व्यवसायको पाँच प्रतिशत कृषि बीमा अनिवार्य गर्नु पर्ने भएको छ । बिमा समितिले पुरानो बाली तथा पशुपंक्षी बिमा निर्देशन २०६९ लाई समयसापेक्ष परिमार्जन गरी नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ जारी गरे संगैं […]

धान खरिदमा सरकारी कर्मचारीको उदासीनता

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिदमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका छन् । कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । कैलालीको टीकापुर नगरपालिका–८ का भीमबहादुर महरले करिब १५ बिघा क्षेत्रफलमा गरिएको धानखेतीबाट उत्पादन भएको २५० क्विन्टल धान कम्पनीले खरिद […]

कफीको नयाँ मूल्य निर्धारण

ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य तोकेको छ। किसानले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ। गत सोमबार परेको राष्ट्रिय कफी दिवसको अवसरमा बोर्डले नयाँ मूल्य कायम गरेको हो।  बोर्डले कृषकबाट उत्पादित ताजा फल (फ्रेस चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी […]

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

इलाम। विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत […]

किसानलाई ब्याज अनुदान दिन कर्णाली प्रदेश र कृषि विकास बैंकबीच सम्झौंता

सुर्खेत। कर्णालीमा अब उद्यम गर्न चाहानेले वार्षिक २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण पाउने भएका छन् । यसका लागि कर्णाली प्रदेश सरकारले व्यवसाय र उद्यम गर्ने कृषकहरुका लागि ब्याज अनुदान कार्यक्रम अन्र्तगत प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि बैंक लिमिटेड प्रदेश कार्यालयबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। मन्त्रालयको तर्फबाट सचिव राजेन्द्र प्रसाद […]

तिहारअघिनै फूलको माग उच्च

झापा। फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो । गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गर्नुभएको साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको […]