नेपाल एक कृषि प्रधान देश हो यो सवैमा अवगत नै छ । कृषि मन्त्रालय को पछिल्लो तथ्याङ्क विवरण अनुसार औसत ६०.४ प्रतिशत जनसख्याले कृषिलाई आफ्नो मुख्य पेसा वनाएका छन् भने नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३. ९५ प्रतिशत रहेको छ । त्यसैले नेपालमा कृषि शिक्षाको कति महत्व छ भन्ने कुरा  कृषि पेशामा संग्लग्न जनसंख्याको अबस्था र कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानबाट पनि बुझन सकिन्छ। कृषि पेसामा संग्लन जनसंख्याको बहुल्याता भएता पनि हाम्रो कृषि प्रणाली    जुन अवस्थामा हुन पर्ने हो त्यो अबस्थामा नरहेको वर्तमान आयतको अबस्थाले देखाईरहेको छ । परम्परागत कृषि प्रविधि र  निर्वाहमुखि कृषिले हाम्रो कृषिमा उत्पादन  बढन सकेको छैन।  अब यो निर्वाहमुखी कृषि र परम्परागत कृषि प्रविधिलाई परिवर्तन गरि आत्मनिर्भर सहितको निर्यातमुखि कृषि र उच्च प्रविधियुत्त आधुनिक कृषिमा रुपान्तरण गर्नको लागि कृषि शिक्षाको महत्व धेरै रहेको छ । हामिले कृषि शिक्षालाई केवल शिक्षामा मात्र सिमित नराखी व्यवहारिकता तर्फ लान सकिएमा मात्र हामिले छिटै रुपान्तरणको बाटो समात्न सकिन्छ । हाल बिभिन्न सरकारी विध्यालय तथा निजि विध्यालयहरुमा पनि कृषिको महत्च र भोलिको आवश्यकताको बारेमा पठन पाठन भएको पाईन्छ भने  विश्वविध्यालयहर,प्राविधिक शिक्षा परिषद्हरुले पनि दक्ष कृषि तथा पशु प्राविधिकको उत्पादन गर्दै आएका छन् । धेरै प्राविधिकहरु स्थानिय तहका कृषि शाखा , विभिन्न गैरसरकारी संस्थाका परियोजना तथा व्यक्तिगत रुपमा पनि प्रविधिको हस्तान्तरण गर्दै आएका छन्। सबै किसानले आफै प्रविधि जानेका हुदैन्न  , जानेका पनि परम्परागत प्रविधि अगाल्दै खेत गर्दै आएका हुन्छन् । अहिले त यो बढदो जलवायु परिवर्तनले किसानको बालि पात्रोको अवस्था नै परिवर्तन भैसकेको अवस्था छ । यस्ता जलवायु परिवर्तन सगँ जुध्नको लागी आधुनीक कृषि प्रविधि र जलवायु अनुकुलन कृषि अनुसरण गराई परिवर्तन गराउन जरुरी छ ।   यस्तो सामान्य देखि जटिल अवस्थाको कृषि प्रविधिको अनुसरण गराउनको लागि नेपालमा कृषि शिक्षाको अत्यन्तै महत्व रहेको छ।

अब कुरा गरौ वर्तमान अवस्थाको  नेपालमा पछिल्लो समय धेरै कुरामा छिट्टै परिवर्तन आएका छन्, हरेको नेपालीको हात हातमा स्मार्ट फोन पुगेको , दुर्गम विकट ठाँउका मानिसहरु पनि सामाजिक सन्जाल चलाउन सक्ने भएका छन् तर हाम्रो कृषि प्रविधिमा जुन गतिमा परिवर्तन हुन पर्ने थियो त्यो अवस्थामा हुन सकेको छैन्। हाम्रा किसानहरु वाउ बाजेले जुन विउ विजन लगाए , जुन प्रविधिबाट खेति  गर्दै आए त्यहि प्रविधि मार्फत खेति गर्दै आएको पाईन्छ । केहि हद सम्म सिमित क्षेत्रमा परिवर्तन भएका पनि होलान तर यो समयावधि   र वर्तमान विश्वको तुलनाम हामी निकै पछाडि छुटेका छौ। विश्व माटो बिनाको खेति हाइड्रोपोनिक तरिका मा अगाडि बढिसकेको छ , आर्टिफिसेल ईन्टेलिजेन्ट (AI) मार्फत कृषि गर्न थानिसकेका छन् । तर हाम्रो देशको वर्तमान अवस्था कृषिको अवस्था धेरै नै परम्परागत छ । यो अबस्थालाई परिवर्तन गर्न पनि कृषि शिक्षाको महत्व रहेको छ। ग्रामिण क्षेत्रका किसान देखि सहरमा कौशी खेती गर्ने किसानलाई कृषि प्रविधिको ज्ञान हुन जरुरी हुन्छ । नेपालको वर्तमान अवस्थाको कुरा गरिरहदाँ  विध्यालय तथा विश्व विध्यालयमा कृषि शिक्षा पढाई भएता पनि त्यो उत्पादनले देशको कृषि क्षेत्रमा सोचे अनुरुको नतिजा दिन सकेको छैन । कृषि शिक्षा व्यवहारिक शिक्षा हो  जसको नतिजा किसानको खेत बारीको उत्पादनमा वृद्दि गरि राष्टिय उत्पादनमा योगदान दिनु हो तर विडम्वना के छ भने जति पनि कृषिमा उच्च शिक्षा लिएका छन् उनिहरुको गन्तव्य अष्टेलिया , क्यानडा, जापान र अमेरीका हुन पुगेको छ । देशले  यहाँ कृषिमा उच्च शिक्षा सम्म पढायो  तर देशको लागी कृषि प्रविधि प्रसार गरि रुपान्तरण गर्न चाहादैनन् । कुनै प्रयास बिना नै देशमा केहि गर्ने वातावरण भएन भन्छन् र देश छाडेर जान्छन् । यो   कृषिको शिक्षा क्षेत्रमा देखिएको वर्तमान अवस्था हो । यस्तै समस्या कृषि गर्ने किसानको अबस्थामा पनि रहेको छ । विगत केहि वर्ष देखि नेपालबाट बैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढदो छ । यसले ग्रामिण स्तरका किसानहरुको जिवनमा धेरै परिवर्तन ल्याएको देखिन्छ ।  आफ्नो बारी बाझो राखेर  रेमिट्यान्सको पैसाले  भारत बाट आयात गरिएको चामल खाने भए , चाइना बाट ल्याएको प्याज खाने भएका छन् । के  किसानमा आएको यो परिवर्तन  दिर्गाकालिन होला। भोली रेमिट्यान्स आउन छोडेको दिन देखि के होला ? त्यसैले म एक कृषि प्राविधिक तथा कृषि विधार्थीको हिसावले के भन्छु भने हामी कृषि पढेका र पढदै गरेकाले पहिले हामिले कृषिको व्यावहारिक शिक्षा वुझन जरुरी र  हाम्रा ग्रामिण क्षेत्रमा परम्परागत शैलिमा दुख सुख गरेर पसिना वगाईरहेका किसानहरु लाई र  रेमिट्यान्सको पैसाले चामल खाई रहेका किसानहरुलाई नविनतम कृषि प्रविधिको प्रयोग गरी  आधुनिक कृषि शिक्षाको प्रसार गर्नु जरुरी रहेको छ । विश्वमा आएको परिवर्तन सँग सक्षतकार हुनु पर्दछ तर यती धेरै पनि विलासीतिर हामी जानु हुदैन कि आफ्ना बारी खाली राखेर सिमा पारीका तरकारी खानु त्यती उचित हुदैन । नेपालको वर्तमान परिपेक्षको कुरा गरिरहदाँ यि माथि भनिएका समस्या भनौ या समय सगै ल्याएको परिवर्तन भनौ जे भनिएता पनि यसको कृषि शिक्षा सम्म प्रत्येक्ष सम्वन्ध रहेको छ । अब यस्ता समस्यालाई समाधान गर्नको लागी कृषि शिक्षाको अत्यन्तै महत्व रहेको छ । ग्रामिण क्षेत्रका  किसानहरु कृषि प्रती हराउदै गएको लगावलाई पुनर्जागरण गर्ने र दिगो कृषिको महत्व वुझाउनको लागी कृषि शिक्षाको एकदमै महत्व रहेको छ । यो परिवर्तन गर्नको लागी कृषिका शैदान्तीक शिक्षा ग्रहण गरिरहेका विधार्थी, कृषि विज्ञ, विभिन्न स्थानिय तहमा काम गर्ने कृषि प्राविधिक , स्थानिय तह , विभिन्न कृषिमा काम गरिरहेका गैर सरकारी संस्था लगाएयतको ठुलो भुमिका रहेको हुन्छ  । यस्तो कृषि प्रसारको शिक्षालाई  सहर देखी गाँउ सम्म कृषीमा काम गर्ने किसानको मानसपटलमा पुर्याउन सिकियमा केहि हद  सम्म कृषि पेशा प्रतिको आकर्षण भने पक्कै पनी वढनेछ।

अन्तत नेपालमा कृषि शिक्षाको  जतिनै सकारात्मक र नकरात्मक पक्ष भएता पनी हामीले  नकारात्मक पक्षहरुलाई सुधार गर्दै विध्यालयमा अध्ययन गर्दै विधार्थी हुन या खेती गर्दै गरेका किसान सबैलाई कृषि शिक्षाको महत्वबारेमा प्रसार गरी कृषीको व्यवहारीक शिक्षामा प्राथामिकतामा राख्नु पर्दछ ।  जय कृषि