परिचय

धान नेपालको प्रमुख खाद्यान्नबालि हो। यसको उत्पादन एवम  उत्पादकत्त्वमा नेपाली जनताको जीविकोपार्जन एवम देशको अर्थतन्त्र निर्भर गर्दछ। धानको वर्तमान उत्पादन तथा उत्पादकत्त्व अन्य देश एवम् कृषि अनुसन्धान केन्द्र र कृषकहरुको खेतबारीमा गरिएको परीक्षणहरुको तुलनामा न्यून मानिन्छ। धानको उत्पादनमा कमि हुनुको विवीध कारणहरुमध्ये यस बालीमा लाग्ने कीराहरु तथा यसबाट हुने क्षति प्रमुख कारण हो। हालका बर्षहरुमा कीराहरुको प्रकोप निकै बढिरहेको अवस्था छ। खास गरी सधन खेति प्रणाली, अधिक फल्ने उन्नत जात र अधिक मलखादको प्रयोग हुने क्षत्रमा यसको प्रकोप बढ्दो छ। धानबालीमा धेरै किसिमका कीराहरु देखिन्छन्। ती मध्ये धानको काँडादार खपटे हिस्पा पनि एक विनासकारी कीरा हो।

धानको काँडादार खपटे हिस्पा हिस्पा (Dicladispa armigera) नेपाल र अन्य धान  उत्पादन हुने क्षेत्रहरूमा धान बालीलाई असर गर्ने  एउटा मुख्य कीरा हो। यसलाई स्पाइनी बीटल पनि भनिन्छ। यो कीराले धानको पातहरू खाएर धानको उत्पादन घटाउँछ, जसले गर्दा प्रकाश संश्लेषण कम हुन्छ र फलस्वरुप बालीको उत्पादन कम हुन्छ। वयस्क खपटे कीरा नीलो-कालो रङको काँडादार पखेटा भएको हुन्छ।यसले नोक्सान  पुर्याएको पातमा सेतो धब्बाहरु देखिन्छन्। यसै कारणले किसानहरु यसलाई सेते लागेको पनि भन्ने गर्छन्। ग्रबहरु खुट्टाविहिन र क्रीमयुक्त सेतो रङको  हुन्छन्। तिनीहरु सजिलै देखिँदैनन् किनभने तिनीहरु पात  भित्र लुकको हुन्छन्।

यसको उपस्थिती किन र  कहाँ हुन्छ?

धान खेत नजिकै घाँसे झारको उपस्थितिले वैकल्पिक होस्टको रुपमा कीराहरुको विकास गर्न प्रोत्साहित गर्दछ। भारी उर्वर खेतीले पनि यस कीराबाट हुने क्षतिलाई प्रत्सोहान गर्छ। भारी वर्षा (विशेष गरी प्रिमनसुन वा प्रारम्भिक मनसुन अवधिमा),त्यसपछि असामान्य रुपमा कम वर्षा, धेरै दिनका लागि दिन-रातको तापमान भिन्नाता र उच्च RH जस्ता कुराहरुले यस किराहरुको प्रकोपका लागि अनुकूल वातवारण सिर्जना गर्दछ। यो कीरा प्राय जसो वर्षा याममा बढि देखिन्छ।

क्षतिको लक्षणहरू

यो कीराको वयस्क(Adult) र ग्रबले दुवैले धानका पातहरु खान्छन्। यो कीराका वयस्कहरुले पातको माथिल्लो सतहबाट पेरेन्काइम्याटस तन्तुहरु स्क्र्याप गर्दछन्। ग्रबहरुले धानको पातको क्लोरोफिल वा हरियो पदार्थ खान्छन् जसले गर्दा पातहरु सुक्छन्। यो कीराले बिरुवाको वनस्पति अवस्थालाई व्यापक रुपमा क्षति पुर्याउँछ। यो कीराले पातको टुप्पोबाट पातको हरियो भाग खाँदै आउँछन् जसको कारणले पातमा पारदर्शी धर्शाहरु देखा पर्छ। क्षतिग्रस्त पातहरु ओइलाउने गर्छन।धेरै नै क्षति गरेको अवस्थामा सम्पूर्ण धानका बिरुवा वा बोटनै सेता देखिन्छन्। यसै कारणले किसानहरु सामान्य भाषामा सेते लागेको भन्ने गर्छन।

धानका पातिरुमा पूणज रुपमा बिेको वयस्क खपटे

खपटे द्वारा पातिरु क्षलतको लक्षण

कीराको जीवनचक्र

  • अन्डा चरण: वयस्क पोथीले(Adult female moth) पातको टुप्पोमा समूहमा करिब ५५ वटा अन्डा पार्दछ। यि अन्डाहरु करिब ४-५ दिनसम्म फूट्छन्।
  • लार्भा/ग्रब: अन्डाबाट  लार्भाहरु निस्केपछि  पातमा सुरुङ बनाई पातको हरियो भाग खाँदै जान्छन् । लगवग ७-१२ दिनको लार्भा अवस्था पार गरिसकेपछि यनिहरु प्युपा अवस्था प्रवेश गर्छन्। लार्भामा ४ वटा उप-चरण(instars) विकास हुन्छ।
  • प्युपा चरण: अन्तिम उप-चरण पार गरेपछि लार्भा प्युपामा परिवर्तन हुन्छ। प्युपा देखि वयस्क चरण करिब ४-५ दिनको हुन्छ।
  • वयस्क चरण: प्युपाबाट निस्केपछि वयस्क माउ कीरा बन्छ। त्यसपछि वयस्क पोथीले केहि समयपछि पातको टुप्पोमा फुल पार्दछ।

यसरी नै यसको जीवनचक्र चली नै रहन्छ।तातो हावापानीमा यो कीराले एक बर्षमा ६ पुस्ता पुरा गरेको पाइन्छ भने चिसो क्षेत्रमा  धान रोप्ने मौसममा २-३ पुस्ता पुरा गर्छ। यसको जीवनचक्र ३-४  हप्ताभित्र पुरा हुन्छ।

व्यवस्थापन

साँस्कृतिक उपाय :

  • यो कीराको प्रकोपबाट बच्न प्रारम्भिक रोपण(early planting) गर्ने।
  • नाइट्रोजनयुक्त मलको अत्यधिक मात्रमा प्रयोग नगर्ने।
  • बेर्नाको पातको टुप्पोमा देखिएका फूलहरुलाई पातको टुप्पो चुडेँर नस्ट गर्ने।
  • धानको राटोन हटाउने जसले गर्दा धान हिस्पा अत्यादिक गुणन हुन पाउदैन।

भौतिक उपाय:

  • धानको हिस्पाको जनसंख्या घटाउने प्रभावकारी तरिक मध्ये एक उपाय चाहिँ हिस्पालाई हातले टिपेर नस्ट गर्नु हो।
  • धानको ठाउँमा अन्य अरु केहि बाली लगाएर कीराको जनसंख्या र गुणनलाई रोक्ने ।
  • धान बारी र वरीपरीक घाँसहरु हटाउने।
  • व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरि नस्ट गर्ने।

जैविक उपाय:

  • रेडूवीड बग(Reduviid bug) जस्ता प्राकृतिक शिकारीहरुको परिचय गरि त्यसलाई संरक्षण गर्ने जसका कारण हिस्पाको जनसंख्या घटाउन मद्दत हुन्छ।

रासायनिक उपाय:

धानको हिस्पा नियन्त्रण गर्न सांस्कृतिक, भौतिक र जैविक नियन्त्रण रणनीतिहरु पर्याप्त नभएको अवस्थामा रासायनिक नियन्त्रण विधि अपनाउन आवस्यक हुन सक्छ।धानको काँडादार खपटे हिस्पा नियन्त्रण गर्न बजारमा धेरै कीटनाशकहरु उपलब्ध छन्।विषादी छर्दा खेरि वरिपरिका सबै खेतहरुमा सँगसँगै छर्न पर्ने हुन्छ नत्र कीरा एक खेतबाट अर्को खेतमा सर्ने खतरा हुन्छ।

  • नीम आधारित कीटनाशक स्प्रे प्रयोग गर्ने( अल्टिनिम ) @ ३ मि.लि प्रतिलिटर पानीमा मिसाइ छर्ने।
  • सम्पर्क विषादी(contact ) क्लोरपाइरिफस २० % इ सी ( जस्तै डर्सवान, डरमेट) १.२५ मि.लि प्रतिलिटर वा लम्डा साइहेलोथ्रिन ५% इ सी (जस्तै एजेन्ट प्लस, ब्राभो ५०००, कराते, सुर्य) ०.५ मि.लि प्रतिलिटर  पानीमा मिसाइ छर्ने।
  • प्रणालीगत विषादी(systemic) मालाथियन ५० % इसी (जस्तै साइथियन ,अनु मालाथियन, सूर्याथियन) १.५ मिलि प्रतिलिटर पानीमा मिसाइ छर्ने।