बबेशियोसिस किर्नाजन्य उत्पत्तित बबेशिया प्रजातिको संक्रमणका कारण हुने रोग  मानिन्छ । जसले शरीरको रातो रक्त कोशिकालाई असर गर्दछ । लक्षणात्मक रुपमा अत्यधिक ज्वरो आउने, खाने रुची कम हुने, कफिको रंग जस्तो पिसाव आउँदा यो रोगको शंका गर्न सकिन्छ । यो रोग टेकसास फिभर, रेड वाटर फिभर, क्याटल टिक फिभर नामबाट पनि चिनिन्छ ।

कारक तत्व :

गाइ प्रजातिमा बबेशिया बोभिस तथा बबेशिया वाइजेमिना रोग लगाउन जिम्मेवार हुन्छन् । घोडामा बबेशिया इकावाई तथा कुकुरमा बबेशिया क्यानिस रोग लगाउन जिम्मेवार हुन्छ ।

रोगको प्रभाव मपन तथा विस्तार :

यो रोग विश्वव्यापीरुपमा उपस्थित छ तर बढी गर्मी तथा ओस्याइलो जलवायु भएका भू–भागमा बढी देखिने गर्दछ । किर्नाले यस रोगका शुक्ष्म जीवबाट ग्रसित पशुको शरीरबाट रगत चुसी अन्य स्वस्थ्य पशुलाई रगत चुस्न पुगे यो रोग सर्दछ । यसरी किर्नामा पुगेको संक्रमण किर्नाको फूलको माध्यमबाट किर्नाको अर्को पुस्तामा रोग सर्ने गर्दछ । रोगको उपस्थिति विश्वव्यापी भए पनि  उष्ण तथा समउष्ण हावा पानी भएका क्षेत्रमा गरिने नश्ल सुधारका लाग उन्नतखाले गाइ साँढे प्रतिस्थापन गर्ने काममा प्रयोग गर्दा यो रोगले ठूलो चुनौति र व्यवधान उत्पन्न गराउँदछ । रोग फाट्टफुट्ट देखिने हुँदा बेलैमा उपयुक्त उपचरा गरे निको पार्न सकिन्छ त्यसैले मृत्युदर त्यति सामन्य मानिदैन ।

रोग विकशित हुने प्रक्रिया :

जब यो शुक्ष्म जीवाणु संक्रमित किर्नाले पशुलाई टोकेर रगत निरन्तर तीन दिन चुस्छ अनि यो रोगको शुक्ष्म जीवाणु पशुहो शरीरमा स्थानान्तरित हुन पुग्दछ । जब बबेशियाका शुक्ष्म जीवन ग्रहणशील पशुमा परीचित गराइन्छ यी शुक्ष्म जीव पशुको रक्त सञ्चार प्रणाली हुँदै रातो  रक्त कोशिकाको बाहिरी भागमा टाँसिदा भित्र प्रवेश गर्दछन् र आफूलाई व्यवस्थित गर्दछन् । रक्त कोशिका फुटेर हुने एनिमिया तथा  न्यून रक्तचाप रोगको खास अवस्था मानिन्छ ।

लक्षणात्मक तथ्यहरु :

संक्रमित किर्नाले टोकेर रगत चुसेपछि एक देखि तीन हप्तासम्ममा ज्वरो आउनु रोगको पहिलो लक्षणात्मक संकेत मानिन्छ । यो शुक्ष्म जीवले रातो रक्त कोशिकामा अतिक्रमिण गरेपछि रातो रक्त कोशिकाको क्षय हुने क्रम बढ्दै जान्छ जस्ले गर्दा रक्त अल्पता हुने गर्दछ । साथै घात तथा रक्त संचार प्रणालीमा ठूलो मात्रामा हिमोग्लोविन प्रवाहित गराउँछ । विरामी पशु प्रायः झोक्राउने, खामने रुची कम हुने, आँखा तथा गिजा फोस्रो हुने, रक्त अल्पता, जण्डिसका कारणले गर्दा रातो रंगको पिसाव प्रायजसो विरामीपशुमा देखिने गर्दछ । गर्भिणी पशु तुहिने गर्दछन् । अति जटिल संक्रमण भएको बेला स्नायु तथा मष्तिष्क जन्य लक्षणहरु ढलमलिएर हिँड्ने, पक्षघात तथा बेसुध हुने जुन अन्ततः मृत्युमा परिणत हुन पुग्दछ । यस रोगको संक्रमण प्रत्यक्ष नदेखिनेदेखि अति तीक्ष्ण अवस्थाको हुन सक्दछ । कहिलेकाहिँ लक्षण देखाएको एक दुई दिनमै बिरामीको मृत्यु हुने गर्दछ । तथापी केही कम तीक्ष्ण अवथामा भने बिरामी पशुमा एक हप्तासम्म ज्वरो आउने गर्दछ र रोग तीनहप्तासम्म रहने गर्दछ । त्यसपछि विस्तारै पुनः लाभ हुँदै जान्छ तर त्यस्ता पशु बथानको लागि आजीवन रोगको संवाहकका रुपमा रहिरहन्छ ।

शबको शल्य परीक्षणमा देखिन लक्षणहरु :

फियो बढेको, सुन्निएको, शरीरका लिम्फनोडको आकार बढेको, हिमाचुरिया तथा रक्त अल्पता तन्तुहरुमा देखिन्छ । मृगौला बढेको, रातो फुस्रो रंगको पिसावले भरिएको पिसाव थैली,  मुटुको मांशपेशीहरुको बिभिन्न तहमा थोप्ले रक्त श्राव देखिन्छ । रक्त नलीमा जमेको रगत भेटिन्छ ।

रोग निदान :

रोगको विवरण, किर्नाको उपस्थिति, हिमाचुरीयाको उपस्थिति निदानजन्य संकेत मानिन्छन् । रातो रक्तकोशिकामा रगत जाँच गर्दा बबेशियाका शुक्ष्म जीवन देखिनु यो रोग  पुष्टि गर्न सघाउँछ

उपचार : 

या रोग विविधखाले औषधी प्रयोग गरी उपचार गर्न सकिन्छ तर प्रभावकारी उपचारको लागि बेलैमा उपचार गर्नु पर्दछ । हाल उपलब्ध औषधी मध्ये इमिडो कार्व तथा डाइमिनाजेन ससीटुरेटको वायपक प्रयोग हुने गरेको छ । यी मध्ये केही औषधी विषक्ति गराउने क्षमताका हुने हुँदा उत्पादकको निर्देशन मन गर्नु पर्ने हुन्छ । यसका साथै उपयुक्त सह औषधीको प्रयोग गर्नु पर्ने हुन्छ ।

रोकथाम तथा नियन्त्रण :

यो रोगको सफल नियन्त्रण प्रक्रियामा रोगको उपचार, रोग विरुद्ध खोपको प्रयोग तथा किर्ना नियन्त्रण संयुक्तरुपमा गरिनु पर्दछ । यो एउटा किर्ना उत्पत्तित शुक्ष्म रक्तपरजीवीजनय महत्वपूर्ण रोग मानिन्छ । यसको प्रष्ट रोग निदान प्रयोगशालाकृत रगत परिक्षणबाट गर्न सकनिछ । यस रोगको उपचारका लागि प्रभावकारी औषधिहरु सहजरुपमा उपलब्ध छन् । तीनको उपयुक्त समयमा प्रयोग गरिनु पर्दछ । पशुको शरीर, गोठ तथा चरनमा उपयुक्त खाले किर्ना नासक औषधिको प्रयोग गरी किर्ना नियन्त्रण गरिनु बुद्धिमानी हुनेछ । यस रोगका विरुद्ध प्रयोग हुने खोप पनि उपलब्ध छन् । उल्लेख भएको तलिका अनुसार बेलैमा खोप दिने हो भने नियमित रोग देखापर्ने भूगोलका बथानमा यो रोग सजीलै रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।