कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित टौदह बाट आधा किलोमिटर भित्र पाण्डेछाप तिर पस्नु भयो भने धेरै घरमा टनेल भित्र तरकारी खेती गरेको देख्नु हुनेछ । टनेल भित्र महिलाहरु केही न केही काम गरिरहेको पनि भेटिन्छन् । टनेल भित्र मात्र नभइ टनेल बाहिर पनि खाली जग्गामा तरकारी खेती गरिरहेको छन् । गाँउ नै एक किसीमको हरियाली रसिलो नै भएको देख्न सकिन्छ ।

कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाले कीर्तिपुर नगरपालिका भित्रका आर्थिक अवस्था न्यून भएका महिला तथा पुरुषलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘हामी यस ठाउँमा रहेका कृषिका विभिन्न उत्पादन समुहलाई लक्षित गरी असल छिमेकी नेपालबाट हाइ टेक टनेल अनुदानमा निर्माण गरी दिएर मौसमी तथा बेमौसमी तरकारीका विरुवा उत्पादन गरी बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको छ ।’ भन्नु हुन्छ वडा नं ६ की मेहनती कृषक समुहकी सदस्य महिला अनुवा कृषक रीता रञ्जितकार । उहाँले गत सिजनमा करिव चालिस हजार भन्दा बढीको तरकारी बेचेको कुरा बताउनु भयो । यस्तै कीर्तिपुर नगरपालिका वडा नं ६ पाण्डेछाप स्थित जलविनायक कृषि समुहकी बजार प्रतिनिधी हुनुहुन्छ लक्ष्मी रैला, उहाँ भन्नु हुन्छ, ‘ विगतका वर्षहरुमा म घरमा बसेर जति बेला पनि मोवाइलमा सामाजिक सञ्जालमा व्यस्त भएर दिन विताउँदा एक किसीमको नैराश्यता महशुस हुने, शरिरमा थकाइ महसुस हुने, शरिर विरामी जस्तो अनुभव हुने रहेछ । अहिले तरकारी खेतीमा व्यस्त हुन थालेपछी शरिरमा उर्जा महशुस हुने, जता गए पनि हरियाली हुदा एक किसीमको सन्तुष्ट अनुभव हुने रहेछ ।’

कीर्तिपुर नगरपालिका वडा नं. ५ सिम्ले खोलामा पनि  धेरै टनेलमा तरकारी खेती देख्न सकिन्छ । यही ठाँउमा पश्चिम रुकुमबाट वसाई सरी आउनु भएका मनिकर्ण बुढा सधै तरकारी खेतीमा व्यस्त देखिनुहुन्छ र मौसम अनुसारको तरकारी उत्पादन गरी कीर्तिपुरको तरकारी  बजारमा लगेर नियमित बेचविखनको कार्य गरिरहनु भएको छ  । पैसा कमाउन विदेश नै जानुपर्छ भन्नेका लागी गतिलो उदाहरण बन्नु भएको छ मनिकर्ण । यहाँले वार्षिक झण्डै चार लाख भन्दा बढीको तरकारीको कारोबार गरिरहनु भएको छ ।

विभिन्न जिल्लाबाट वसाइ सरी आउनु भएका व्यक्तिहरुले स्थानीय व्यक्तिहरुको खाली जग्गामा सामान्य तरकारी खेती गरी रहनु भएका १५ जना अगुवा कृषकहरुलाई असल छिमेकी नेपालको पहलमा समुहमा आवद्ध गरी विभिन्न कृषि जन्य सामग्रीको सहयोग गरी तरकारी खेती गर्न प्रोत्साहन गर्नुका साथै टनेलमा गोलभेडा खेती गर्न अभिप्रेरित गरेको छ । हाल उहाँहरुको समुहमा हाल मासिक रु दुई हजार वचत गर्नु हुन्छ उक्त समुहमा १० लाख ५१  हजार भन्दा बढी रकम रहेको छ । उक्त रकम परिचालन गरी समुहलाई आवश्यक पर्ने तरकारीको बीउ, रासायनिक मल, कृषि उपकरणहरु खरिद गर्न अरु कसैको बाटो हेर्नु पर्ने अवस्था छैन ।

प्रतिनिधि पात्रका रुपमा रहेका मात्र रहेका रीता रञ्जितकार, लक्ष्मी रैला र  मनिकर्ण जस्तै अन्य धेरै महिला तथा पुरुषलाई समुहमा आवद्ध गरि आवश्यकता अनुसारको सीप प्रदान गर्नुका साथै व्यवसाय सञ्चालन गर्नको लागी असल छिमेकी नेपालले विभिन्न सामग्रीहरु अनुदानमा सहयोग गर्नुको साथै प्राविधिक सहयोग समेत गरी गरिरहेको छ ।

असल छिमेकी नेपालबाट गत वर्ष सिलाई कटाई सम्वन्धी सिटिइभिटी बाट सम्वन्धन प्राप्त तह १ को तालिम लिएका २० जना महिला सहभागिहरु मध्ये अधिकाँशले व्यवसाय शुरु गरी सानो तिनो आम्दानी गरिरहनु भएको छ । तालिम सञ्चालन पछी सबै सहभागीहरुलाई संस्थाबाट सिलाई मेशिन समेत  उपलब्ध गराएको थियो । रोल्पाबाट काठमाण्डौ आएर हाल पाण्डेछाप डेरा गरि बस्नु हुने चिजमाया घर्ती भन्नु हुन्छ, ‘असल छिमेकी नेपालबाट ३ महिनाको सिलाई सम्वन्धी तालिम लिएर भाडामा कोठा लिएर व्यवसाय गरी रहेकी छु र मासिक १५ हजार जति आम्दानी हुन्छ मेरा छोराछोरीको स्वास्थ्य र शिक्षामा खर्च गर्नुको साथै घरव्यवहार चलाउन पनि मलाई सहज भएको छ’ ।

असल छिमेकी नेपालद्वारा सञ्चालिन यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिचान गरी दर्ता भएका वालवालिकाका अभिभावक, अति जोखिमका रहेका परिवारहरुको आर्थिक उन्नतिमा सहयोग गरी उनीहरुले वालवालिकको राम्रो भरणपोषण गर्न सकुन र पर्न सक्ने आर्थिक समस्याबाट माथि उठ्न सकुन भन्ने उदेश्यले न्यून आय भएका र अति जोखिममा रहेका समुदायका व्यक्तिहरुलाई उत्पादन बृद्धि गराई दिगो आम्दानी बढाउन र आम्दानीले परिवार र वालवालिकाको आवश्यकता पुरा गर्न यस परियोजनाले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ ।

जस अन्र्तगत हालसम्म कृषि उत्पादन, झोला उत्पादन, बाख्रा पालन समुह गरी कीर्तिपुरमा ४३  वटा उत्पादन समुह गठन गरी ती समुह मार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ  । अधिकांश महिला सदस्यहरु रहेको कृषि उत्पादन समुहमा कीर्तिपुर नगरपालिकाको कृषि शाखा सँग समन्वय गरेर तरकारी उत्पादन बढाउने र बजारीकरण गर्न समेत अग्रसर भएका छन् भने ग्रामिण स्तरमा नै रोजगारीको वातावरण श्रृजना हुदै गएको छ । महिलाहरुको आम्दानीको बाटो समेत फराकिलो हुदै गएका छ ।