
ललितपुर। ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।
कृषि विभागले आज पत्रकार सम्मेलन गर्दै उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ मनाउन लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनका अवसरमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले नेपालमा रहेका विभिन्न रैथाने तथा स्थानीय जातहरूको संरक्षण, संवर्द्धन, उपयोग एवं प्रवर्द्धन गरी धानको आयात प्रतिस्थापन गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरूलाई एकजुट भई हातेमालो गर्न आग्रह गरे ।
धान दिवसका अवसरमा बुधवार ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना गरिएको कृषि विभागले जनाएको छ ।