
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका–५ पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशुचौपाया मर्न थालेका हुन् ।
स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहका अनुसार रोगका कारण एक दर्जन पशुचौपाया मरिसकेका छन् । कयौँ बिरामी छन् ।
मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्नेजस्ता लक्षण पशुमा देखिने गरेको छ । सिंहका मात्र दुईवटा चौपाया मरिसकेका छन् ।