संर्बेषा जीवनं कृषिम् अवलम्बते : अर्थात मनुष्यको जीवनमा कृषिको महत्व अपरिहार्य रहेको छ।अमरावती नगरको राजा कुबेर भन्दा पनि धनवान कृषकलाई मानिन्छ र उसको सर्वस्व हुन्छ कृषि र त्यहाँ प्रयोग हुने माटो । बोटबृक्ष को पातपतिङ्गर धर्तीमा समाई, पशुपंक्षीको शरीरको अंस त्यसमा मिलाई र आकाश बाट भएको वर्षाको स्तनपान गराई माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र त्यसैबाट प्रफुल्लित भएर जन्म लिन्छ कृषि। पौराणिककाल देखिनै कृषिको कति महत्व छ भनेर वेद, पुराण, कुरान आदिमा प्रशस्त उदाहरण पाउन सकिन्छ। द्वापरयुगमै कृष्णले गोबर्धनको पुजा गर्न लाउनुपनी कृषिलाई अपरिहार्य मानेरै हों र कलियुगमा पनि कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन पुजा गर्ने गरिन्छ ।

मानव सभ्यताको विकास संगै,दिगो कृषिको महत्वको विषय त्यसलगत्तै आएको मानिन्छ। परापूर्वकालमा सिकार र सभा समाजबाट मानिसहरू नटिक्ने अवस्था देखि खेती किसानी गर्नमा बाध्य भए र सभ्यताको विकास संगसंगै निर्वाहमुखी खेती र त्यसबाट भएको हरित क्रान्तिबाट प्रभावित भई मानिस व्यापारिक रूपले कृषिमा उन्नत जातको बालीमा आकर्षित भएको पाइन्छ।

जसरी जन्म दिएकी आमाले आफ्नो शिशुलाई शारीरिक ,बौद्धिक रूपले स्वास्थ्य रहनका लागि अमृत रूपी स्तनपान गराएकी हुन्छिन्,त्यस्तै यस धर्तीमा रहेका अन्नबाली ,फलफूल आदिले जगतकै प्राणीलाई आफ्नो जीवनकाल अमृत दिई रहेको हुन्छ। जुन पोषिलो हुन्छ, स्वादिष्ट हुन्छ र आफ्ना सन्ततिलाई कुनैपनि नोक्सान गर्दैन।यदि यस धर्तीमा प्राणीको केही अस्तित्व छ भने त्यो मात्र कृषिको कारणले रहिरहेको छ। प्राचीन कालमा जसरी मानिसले कृषिलाई पुजा अहिलेको सन्धर्वमा त्यसको ठ्याक्कै विपरीत रहेको छ।कृषिको अर्थ यो मात्र हैन की बालीबोटको उब्जाउ मात्र गर्ने,त्यसलाई उपभोग गर्ने, असल कृषि त्यही हुन्छ जो पोषिलो, रसायनमुक्त अन्न बालीको उत्पादन गर्छ। पहिलेको तुलनामा अहिलेको युग आलस्यको युग बनिरहेको छ।परापूर्वकालमा जसरी हाम्रा बाउ बाजेले मकै,कोदो, ढिँडो जस्ता पोषिलो आहार खाएर अंग्रेज सँग लाप्पा खेल्न तम्सिन्थे , अहिलेको अवस्थामा त्यस्तो कुनै अवस्था छैन। अहिलेको शताब्दीलाई हेर्दा त बाउ बाजेले गरेको योगदानको आधुनिक युगले खिल्लि उडाए जस्तो देखिन्छ। अहिलेका युवा त किशोर अवस्थाबाटै क्यान्सर,मधुमेह, उच्चरक्तचाप, दम आदिको सिकार हुन पुगेका छन् र यसको प्रमुख कारण पोषिलो आहार नभएरै हो र यसको समाधान दिगो कृषि बाटै सम्भव छ।

दिगो कृषि भनेको लामो प्रहर सम्म प्राणी र जमीनको स्वास्थ्यको लागि गरिने एक कृषि पद्धति हो।दिगो कृषि प्रणाली प्रयोगबाट कृषकहरूले पौष्टिक खाना देखी लिएर परिवार र समुदायको जरूरत पुरा गर्नुका साथै पानी, माटो, र भविष्यको लागी बीउ संरक्षण पनि गर्छन्। राम्रो बालीको लागि स्वास्थ्य माटो आवश्यक हुन्छ ।धेरै किसानहरूले माटोलाई प्राकृतिक मलहरु जस्तैस जनावरको मल ,हरियो मल, र कम्पोष्ट मल राखी राम्रो बनाउँछन्।प्राकृतिक मल रसायनिक मलभन्दा एकदमै स्वास्थ्यकर रहेको हुन्छ। ।यसले बिरुवालाई चाहिने सबै पोषण थोरै रकम वा निःशुल्क रूपमा उपलब्ध गराँउन मद्दत पनि गर्छ।
तर अहिलेको वर्तमान परिप्रेक्ष्यमा हेर्दा युवाहरु,किसानहरूले दिनप्रतिदिन आलस्यको शिकार भई कृषिप्रणालीमा विष फैलाउने कार्य अग्रपंति रूपमा अगाडि बढाएका छन्। धेरै उब्जाउका लागी रासायनिक मल प्रयोग गरी माटोको आयु घटाउनका साथै जल, वायु, लाई पनि प्रदुषित गर्दै आइरहेको छन्। खेती योग्य जमीनमा जहाँ अन्नबालीका दाना फल्न पर्ने हो त्यहाँ ठूलाठूला महल फलाएका छन्,। पहाडका पाखा पखेरो रित्तै छोडेर आधुनिक हुनका लागी खाद्य बालीको स्वर्ग तराईका उर्वर भूमि दिनप्रतिदिन प्रदुषित गराइरहेका छन् र आफूले फापर जस्ता नेपाली माटोको अन्नको परित्याग गरी विदेश बाट मगाई नेपालीपनको बेइज्जत गर्ने काम गरिरहेका छन्। त्यसमाथि रसायनिक मलको प्रयोगले अमृत तुल्य हाम्रो माटोलाई विषक्त गराएको छ।

रसायनिक मल हाम्रो देशको उत्पादन हैन। यसको समिश्रण बाट तयार भएक विभिन्न मल जस्तै यूरिया, डी. ए. पी. , पोटास, अन्य देश बाट सबैभन्दा बढि खरिद गरी प्रयोगमा आउने वस्तु हो।त्यसमाथि व्यवसायिक कृषकहरूले यसको प्रयोग अत्यधिक भन्दा अत्यधिक मात्रामा प्रयोग गरी khame आहरलाइनै विषक्त गराएका हुन्छन्। त्यति मात्र नभएर नेपालमा प्रति वर्ष लगभग १५ अर्ब रुपैयँबराबरको रकम विदेशी रसायनिक कम्पनीलाई बुजाई रहेको हुन्छ।त्यो रकम मात्र बचाउन सकेपनि हामी आत्मनिर्भर हुन सक्छौ। र यो कुरा सर्वप्रथम किसानहरुलाई सम्झाउन आवश्यक छ। अहिलेको सन्दर्भमा आमकृषक लाई रसायनिक मल र विषादीको बहिस्कार गर्ने अभियानमा तत्पर बनाउँन अतिआवश्यक देखिन्छ।

रसायनिक मल हरेक वर्ष बढाउँदै नगएमा उत्पादन घट्न जान्छ र यदि यो हरेक वर्ष बढाउँदै गए उत्पादन खर्च बढेर जान्छ। यसले माटोको तापक्रम बढाउँछ, जसको कारण खेतमा बढी मात्रामा दिनुपर्छ। त्यसैले यो बिगबिगी रोक्ने एक मात्र उपाय प्राङ्गारिक खेती हों।गहुँ बालीमा प्राङ्गारिक मल मात्रै राखी खेती गरे तीन पटक सिँचाइ गरे पुग्छ भने रसायनिक मल प्रयोग गरेको खण्डमा पाँच पटक सिँचाइ गर्नुपर्छ जसले पानीको खर्च समेत बढाउँछ। त्यती मात्र नभई जति बालीले जमीनको पानी तान्दै जान्छ त्यति पानीको सतह घट्दै जान्छ र यसले पानीको हाहाकार निम्त्याउँछ। त्यसका अतिरिक्त रसायनिक विषादीको दुर्गन्ध वायु मा मिसिन गई क्यान्सर, श्वासप्रश्वास सम्बन्धी भयानक रोगहरू लगाउँछ।यही कारणले गर्दा पनि अहिले मानिसहरू बोसो र तिघ्रामा मासुमात्र थुपारेर आफूलाई रोगको एउटा कुनामा बन्द गरिरहेका छन्।त्यसैले ढिलासुस्ती नगरी किसान तथा उपभोक्ता सामु यसको नकारात्मक प्रकोपको कुरा प्रस्तुत गर्न एकदम जरूरी छ ।

वास्तवमा हामी जुन समाजमा हुर्किएका छौ त्यो समाजले बाल्यकाल बाटै परीक्षामा थोरै अङ्क आए हलो समाउनी होलास है , भन्दै कृषि प्रति नकारात्मक छाप परेका हुन्छन्। फलस्वरूप हामी कृषि प्रति अनाकर्षित हुन्छौ । सर्वप्रथम त कृषिप्रती सबैको माया हुनु जरुरी रहेको छ भन्ने कुरा बाल्यकाल बाटै सिकाउनु जरूरी छ। गोबर देख्दा छ्या भन्नको साट्टो यसले माटोलाई नयाँ जीवनदान दिन्छ भनेर हरेक अविभावकले आफ्ना सन्ततिलाई सिकाउनु जरूरी छ। प्राथमिक तह बाटै विद्यार्थीलाई रसायनिक मलको बेफाइदा बारेमा थोरैथोरै मात्रामा भएपनि जानकारी दिँदै, सोही उमेरबाट विद्यार्थीलाई कृषियोग्य प्रयोगात्मक शिक्षा दिन बारीमा लागि माटो र मल सँग खेल्ने वातावरण सृजना गरिदिनु आवश्यक छ।

प्राङ्गारिक खेती आजको आवश्यकता रहेको छ, जसबाट माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र उसको आयु बढाउन।यसबाट न त बोट विरुवालाई नोक्सानी नै हुन्छ, न त मानव शरीरमा विष फैलिन पाउँछ।सहजरूपमा गर्न सकिने, मूल्य सस्तो, पर्न जाने हुँदा र प्रकृतिलाई कुनैपनि नोक्सानी नगर्ने हुँदा यो आजको आवश्यकता हो। जनावर को मल, हरियो मल, कम्पोष्ट मल प्रयोग हुने हुँदा यसबाट उब्जनी भएका वाली पनि स्वास्थ्य, पोषिला हुन्छन्। सन् २००३ मा एफ. ए. ओ बाट ग्याप (GAP) प्रविधि सुरु भयो र यस कृषि प्रविधिको प्रमुख ध्याय नै स्वास्थ्य, पोसिलो र गुणस्तरिय वाली,फलफूल , सब्जी उब्जनी गर्नु हो र त्यसलगत्तै नेपालमा यो प्रविधि २०७५/६/१९ मा भित्रिएको हों। यसमा किसानहरूले कुनैपनि रसायनिक मलको प्रयोग नगरी बालीहरू उत्पादन गर्छन् जसबाट कृषक को मनोबल अत्यन्त बढ्छ। स्वास्थ्य फल, तरकारी छिटो नसड्ने, शरीरलाई कुनैपनि नोक्सान नगर्ने हुँदा उपभोक्ता पनि ढुक्क हुँदै खरिद गर्छन् र किसानहरूले पनि बजार भाउ राम्रो पाउँछन्।

दिगो कृषि प्रणालीमा वातावरणीय स्वास्थ्य, आर्थिक मुनाफा तथा सामाजिक तथा आर्थिक समानता र पशु हितको पृष्ठपोषणलाई ध्यान दिनु पर्छ। यसका निम्ति वाली चक्रको माध्यम अपनाउन पनि सकिन्छ। बालीमा विविधता भएपछि विभिन्न रोगहरू बाट विरुवालाई बचाउन सकिन्छ। लम्बिय खेती पनि दिगो कृषिको उत्तम पद्धति हो। लम्विय खेती भनेको जमीनको माथि फल्ने बालीनाली लगाउनु हो यसले कार्बनडाइअक्साइड उत्सर्जन घटाउने र भूक्षय हटाउन समेत मद्दत गर्दछ।

यसकारण बढ्दो विषक्त रूपी खेती त्याग गरी, अमृत रूपी कृषिको थालनी गर्न गाउँगाउँ,बस्तिबस्ती हरेक ओडारमा रहेका कृषक माझ जानुपर्छ। गुणस्तरिय बीउ बिजन देखि लिएर सिँचाइ को बेवास्ता पनि हरेक कृषकको घर दैलोमा पुग्नुपर्छ। थोपा सिंचाई भनेको के हो, बालिचक्र भनेको के हो, हरेक किसानलाई सम्झाउनु पर्छ। जनतालाई आफ्नो अन्न खुवाई जीवन्त राख्ने किसानलाई नेपाल सरकार द्वारा पुरस्कृत गरिनु पर्दछ र पुर्खा जस्तै निरोगी, अटल भई हरेक नेपालीले अङ्ग्रेजलाई यहाँ देखि लखटेझै झार जसरी फैलिएका यी रोगहरूलाई पनि नष्ट गरी निरोगी जीवन बाँच्नुपर्छ।