देशको कुल जनसङख्या मध्ये ६५% भन्दा माथि मानिसको संलग्नता भएको र कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको कृषिप्रधान देश नेपाल अझपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । खाद्यान्न बाली, दलहन, तेलहन, तरकारी, फलफूल आदि विभिन्न प्रकारका बाली खेती गरिने हाम्रो देशमा धान, गहँु, मकैलाई मुख्य बालीका रुपमा लिइन्छ भने दलहनलाई दोस्रो मुख्य बालीका रुपमा खेती गरिदै आएको छ । दाल तथा गेडागुडी सम्बन्धी खेतीलाई दलहन खेती भनिन्छ । हाल दलहन बालीले खेतीयोग्य जमिनको १०.५% क्षेत्रफल ओगटेको छ भने क्षेत्रफल र उत्पादनको आधारमा चौथो स्थानमा रहेको छ । विगत दश वर्षको तथ्यांक हेर्दा दलहन बाली खेतीको क्षेत्रफलमा धेरै उतारचडाव देखिएको पाइन्छ र उत्पादनमा वृद्वि आएतापनि उत्पादनको क्षेत्रफलमा गिरावट आएको देखिन्छ

हामी सम्पूर्ण नेपालीको दैनिक भोजनमा दलहन एक महत्वपूर्ण स्थायी भोजन भएकोले दलहन खेतीलाई हाम्रो देशको खेती प्रणालीमा एक अभिन्न अङको रुपमा लिन सकिन्छ । दलहन बाली नेपालका तराई देखि पहाड सम्म खेती गर्न सकिन्छ भने मौसमको हिसाबले जाडो र र्गिर्म दुबैमा खेती गर्न सकिन्छ । दलहन बाली जस्तै मसुरो, चना, राजमा, बकुला, मटर आदिलाई जाडोयामको मुख्य बालीको रुपमा लिन सकिन्छ भनेरहर, मूङ्ग, बोडी, मस्याम आदिलाई र्गिर्मयामकोमुख्य दलहन बालीकोरुपमा लिन सकिन्छ । दलहनको धेरै विशेस्ताहरु रहेका छन् ।

दलहन बाली एकातर्फ मानव स्वास्थयको लागि प्रोटिनको मुख्य तथा सस्तो स्रोत भएकोले यसले देशको खाध्य सुरक्षमा सहयोग पूर्याउन सक्छ भने अर्कोतर्फ माटोको उर्वराशक्ति बढाउनका साथै दिगो खेती प्रणालीमा पनि महत्वपूर्ण योगदान दिन सक्छ । दलहन बालीले खेतीको बालीचक्रमा मूख्य भूमिका खेल्दछ । विषेशगरी हाम्रो देशको हरेक ठाँउमा सिचाइको ब्यवस्था नभएकोले आकाशे पानीमा भर परेर किसानहरुले खेती गर्ने गर्दछन् । साथै हाम्रो देशमा रसायनिक मल समयमा र सुपथ मूलयमा किसानहरुलाई उपलब्ध नहुनाले मलको अभावका कारण उत्पादनमा राश हुदै जान्छ र किसानहरु मर्कामा पर्दछन्। यस्तो अवस्थामा दलहन बालीको खेतीले खेती प्रणालीमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । बालीचक्रको सिद्दान्तलाई पूरा गर्नमा समेत दलहन बालीको खेतीले महत्वपूर्ण योगदान दिन्छ ।

विषेशगरी दलहन बालीको लामो जरा भएकोले यसको जरा गहिराइसम्म गएर आवस्यक पर्ने तत्वहरु लिन सक्छ । यसैगरी यो बाली शक्त प्रकारको भएकोले यसलाई कम उर्वराशक्ति भएको खेत, बाझो खेत आदिमा पनि खेती गरेर उत्पादन लिन सकिन्छ । यसरी दलहन बालीलाई खेती प्रणालीमा समावेश गराउनमा धेरै फइदाहरु रहेका छन्। केही फइदाहरु तल उल्लेख गरिएका छन्ः

जुनसुकै खेती प्रणालीमा फिट हुनसक्नेः
दलहन बालीहरु जुनसुकै खेती प्रणाली जस्तै मोनोक्रपिंङ, इन्टर क्रपिंङ, मिक्स क्रपिंङ आदिमा फिट हुनसक्ने बाली हो किनभने यसका जीवनचक्र प्राय छोटो अवधिको रहेको हुन्छ । यसैगरी यो बाली अरु बालीको तुलनामा ताप र प्रकाशसँग संवेदनशून्य ( इनसेन्सिटिव) हुन्छ । यस्तै यस बालीको बोटको बनावट ठिक्कको हुनाले सजिलैसँग कुनैपनि क्रपिंङ प्याटर्नमा फिट हुन सक्छ । जस्तै : खाद्यान्न बालीको बिचमा लगाएर त्यहाँको खाली ठाउँलाई सहि तरिकाले उपयोग गर्न सकिन्छ ।

बाझो खेतको उपयोगः
दलहन बालीहरु प्राय शक्त प्रकारको भएकोले यो बाली बाझो खेत तथा कम उर्वराशक्ति भएको खेतमा लगाएर त्यहाँबाट उत्पादन लिन सकिन्छ ।यस्तो गर्नाले त्यस खेतको उर्वराशक्ति बढाउनका साथै उत्पादनको कुल क्षेत्रफलपनि बढाउन सकिन्छ ।

आलिमा खेतीः
प्रायगरी खाद्यान्न बालीहरु खेतमा लगएको समयमा त्यस खेतका आलीहरु रित्तो रहेका हुन्छन्। उक्त समयमा कतिपय दलहन बाली जस्तै रहर, भटमास, मास आदि खेतका आलिमा लगाउन सकिन्छ ।

क्रपिंङ इन्टेनसिटी बढाउनेः
विभिन्न खेती प्रणाली जस्तै मल्टिपल क्रपिंङ , रिल क्रपिंङ, आलिमा खेती आदिमा दलहन बालीको समावेश गरेर इन्टेनसिटी बढाउन सकिन्छ ।

नाइट्रोजन फिक्स गर्नेः
दलहन बालीका जरामा रायिजोबियमका गिर्खाहरु रहेका हुन्छन् जसले वायुमण्डलको नाइट्रोजनलाई सोसेर फिक्स गर्ने हुँदा माटोलाई मलिलो बनाइ जमिनको उर्वराशक्तिलाई बढाउने गर्दछ । यसरी यसले माटोमा नाइट्रोजनको शक्ति बढाइदिनाले नाइट्रोजन युक्त मल जस्तै युरियाको लागतलाई घटाई खर्च कम गर्न सकिन्छ ।

कभर क्रपको रुपमा काम गर्नेः
कतिपय दलहन बाली जस्तै बोडी , मूङ्ग , आदिले जमिन ढाक्ने हुँदा माटोको क्षरण हुनबाट जोगाउछ । यसरी यसले कभर क्रपको रुपमा काम गर्छ ।

हरियो मल (ग्रिन म्यानुर) को स्रोतः
कोशेबाली अन्तरगतका धैंचा , सनही , मूङ्ग, आदि जस्ता गाँठा भएका बालीलाई मुख्य बाली काटेपछि लगाएर करिब डेढ महिनापछि फूलफूल्ने बेलामा सो बिरुवालाई माटोमा जोत्दा कार्बोनको मात्रा बढ्नका सथसाथै नाइट्रोजन मात्रापनि बढ्ने गर्दछ जसले गर्दा माटो मलिलो हुन्छ ।

यी माथिका विभिन्न फइदाका साथै दलहन बाली लगाउनाले माटोमा सुस्मजिवाणुको गतिविधिलाई बढाउन मद्दत पूर्याउछ । यसैगरी माटोको भौतिक , शारीरिक स्तिथिमा सुधार ल्याउनुका साथै पानी तथा तत्व सोस्ने शक्ति बढाइदिन्छ । यसरी जमिनको भू : बनोट र त्यहाँको हावापानी अनुसार विभिन्न प्रकारका दलहन बालीहरु खेती गर्न सकिन्छ । जस्तै : केही र्गिर्मयामका दलहन बालीलाई पहाडतिर मकै र कोदोसँग मिक्स गरेर लगाउन सकिन्छ भने जाडोयामका केही दलहन बालीहरु जस्तै मसुरो, चना , खेसारी आदिलाई जाडोयामका अन्य बाली जस्तै जौ , तोरी , आलश आदिसँग इनटरमिक्स गरेर लगाउन सकिन्छ । यसका साथै छोटो जीवनचक्र भएको मूङ्ग , बोडी आदिजस्ता दलहनका जातहरु खेतमा एउटा मुख्यबाली काटेपछि र अर्को मुख्यबाली लगाउन रहेको बिचको अवधिमा जस्तै गहुँ बाली काटेपछि र धान लगाउनु अघि लगाएर उत्पादन लिन सकिन्छ । यसरी यसले क्याच क्रपको रुपमा पनि काम गर्छ । खेती प्रणालीमा दलहन बालीलाई समावेश गरेर विभिन्न फइदा लिन सकिन्छ । यसरी दलहन बाली लगाउनाले यस बालीको उत्पादनबाट लाभ लिनका साथै त्यस खेतमा लगाइने अन्य बालीको उत्पादनमा पनि वृद्वि हुदैजान्छ जसले गर्दा किसानलाई दोहोरो रुपमा फइदा हुनपुग्छ ।

अहिलेको वर्तमान अवस्थामा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संकटले गर्दा धेरै क्षेत्र विस्थापित भएका छन् । यसरी विश्व नै आक्रान्त भएको बेला हाम्रो देशको कृषिमा पनि निकै असर पुगेको छ । कृषकले समयमै आवश्यक मात्रामा र सुपथ मूल्यमा मलखाद उपलब्ध गर्न सकेको छैन र निकट भविष्यमा पनि यस्तो समस्या नहोला भन्न सकिन्न । तसर्थ दलहन बालीको खेती गर्नाले माटोमा प्रसस्त मात्रामा नाइट्रोजन फिक्स हुनेहुदा नाइट्रोजन मलको अभावलाई धेरै हदसम्म कम गर्न सकिन्छ भने माटो मलिलो बनाइदिनाले उक्त माटोबाट अन्य बालीको उत्पादनपनि धेरै भन्दा धेरै लिन सकिन्छ । यस्ता समस्याबाट निस्कन अत : यस्तै—यस्तै उपयूक्त खेती प्रणालीका उपायहरु अप्नाएर एकातर्फ देशको खाध्य सुरक्षामा योगदान दिन सकिन्छ भने अर्कोतर्फ वातावरणको रक्षा गर्दै उत्पादनमा वृद्वि ल्यायी कृषि प्रणालीलाई दिगो बनाउन सकिन्छ ।