सुन्तला जातका फलफूलहरु विश्वमै अत्यन्त महत्वपूर्ण फलफूलमा गणना हुन्छन् । सामान्यतः नेपालको मध्यपहाडी क्षेत्रको फलको रुपमा लिइने भए पनि प्रविधिको विकासको क्रमसँगै तराईदेखि उच्चपहाडी क्षेत्रसम्म सुन्तला जातका फलफूलहरुको खेती गर्न थालिएको पाइन्छ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ । । पौष्टिकता तथा आय आर्जनको हिसाबले पनि यस जातका फलफूलहरुको खेती गर्नु लाभदायक देखिएको छ ।

भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।

रेसा (फाइबर) को राम्रो स्रोत भएकाले सुन्तलाले चिनीलाई फ्रुटोसमा परिवर्तित गर्छ । यो गुलियो भए पनि चिनीको स्तरलाई नियन्त्रित गरेर मधुमेहपीडित व्यक्तिका लागि राम्रो पेयपदार्थ सावित हुन्छ ।

सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।

सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा सघाउँछ ।

सुन्तला खेतीगर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरु :

सुन्तला खेती कस्तो किसिमको हावापानीमा राम्रो हुन्छ ?
यसको खेती समशितोष्ण हावापानी जहाँ चिसो र घमाईलो, हिउद ओसिला, ग्रीष्म तथा तो हावा नचल्ने मध्य पहाडी क्षेत्र सुन्तला फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ ।

यसको खेती समुह सतहबाट कति उचाईसम्म हुन्छ ?
यसको खेतीको लागि १०००–१२०० मीटरसम्मको उचाई सबै भन्दा राम्रो मानिन्छ तर ब्यवहारमा ८००–१५०० मीटरसम्म खेती भईरहेको पाईन्छ ।
यसलाई तापक्रम कतिसम्म भए राम्रो होला ?
यसको लागि १८–३०० से। तापक्रम हुने ठाउँहरु उपयुक्त मानिन्छ तर पनि १४–४०० से. तापक्रम हुने ठाउमा पनि खेती गर्न सकिन्छ ।

यसको खेतीको लागि वार्षिक वर्षा कतिसम्म भएमा राम्रो हुन्छ ?
वार्षिक वर्षा करीब १००० मि.मि. भएको सबभन्दा राम्रो हो तर ९००–१८०० मि.मि.सम्म वर्षा हुने स्थानमा पनि खेती गर्न सकिन्छ । कम पानी पर्ने तथा पानीको वितरण राम्रो नभएका स्थानहरुमा सिंचाई ब्यवस्था राम्रो हुनु पर्दछ ।

हावाको वहावले सुन्तला खेतीलाई कतिको असर गर्दछ ?
धेरै तातो वा चिसो हावा चल्ने स्थानहरु यसको खेतीको लागि राम्रो मानिदैन । फूल फुल्ने र फूल लाग्ने बेलामा बढी हावा चल्ने भएमा फूल सुकाउने, झर्ने, परागसेचन हुन नदिई फल नलाग्ने तथा लागेको फलपनि झर्ने जस्ता समस्या देखा पर्दछन् ।

यसको खेती कस्तो किसिमको माटोमा फस्टाउदछ ?
यसको लागि पानी नजम्ने हल्का दोमट माटो उपयुक्त मानिन्छ । हुन त हल्का बलौटे र चिम्टाईलो माटोमा खेतीनै गर्न नसकिने होइन यस्तो ठाउँमा बढी कम्पोष्ट मल प्रयोग गरी माटोको सुधार गर्नु पर्दछ ।

यसको खेती गर्दा जमीनको मोहडालाई पनि ध्यान दिन जरुरी हुन्छ ?
हावापानी र माटो उपयुक्त भएको ठाउँहरुमा मोहडाको त्यति ध्यान दिन्न तर उत्तर–पूर्वी मोहडामा चिस्यान कायम रहने हुँदा सिंचाई सुविधा नभएका ठाउँहरुमा यस्तो मोहडा भएको जमीन राम्रो मानिन्छ।

नेपालमा सुन्तलाका कुन कुन जातहरु पाईन्छन् ?
यहाँ स्थानीय, उन्नत तथा हाईब्रीड किसिमका जातहरु पाईन्छन् तर बढी खेती गरिएका जातहरु भने स्थानीय नै छन् । उपलब्ध जातहरुमा खोकु स्थानीय, ओकित्सुवासे, मियागावावासे, योसिदा पोंकान, मरकट,फिउट्रेल अर्ली, थाई तेन्जारीन, किन्नो आदि हुन ।

खोकु स्थानीय सुन्तलाको विशेषता के हुन ?
यो मध्यम सिजन मंसीर देखि माघसम्ममा पाक्ने जात हो । फलको बनावट गोलो र हल्का पहेंलो रंगको हुन्छ तर बोक्रको सतह भने बाक्लो हुन्छ । गुलियोपन १३–१४५ र अमिलोपन ०.८–१.०० पाइन्छ । औसत तौल १००–१२५ ग्राम हुन्छ ।

ओकित्सुवासेको विशेषताको बारेमा बताई दिनु हुन्थ्यो कि ?
यसको खेती १२००–१५०० मीटरसम्म राम्रो हुन्छ । स्थानीय जात भन्दा २–३ महिना अगाडी असौजमै पाक्ने हुँदा यसले बजार भाउ राम्रो पाउछ । यसको तौल १४०–१८० ग्राम र गुलियोपन ०.८–१.००५ र अमिलोपन ०.८–१.००० हुने भएकोले स्थानीय नेपाली सुन्तला भन्दा कम गुलियो हुन्छ ।

जरा तथा फेद कुहिने रोग कसरी लाग्दछ ?
यो ढुसीको कारणले लाग्ने रोग हो । बगैंचामा पानी जम्ने र उच्च तापक्रम भएमा रोग बृद्धिको लागि अनुकूल वातावरण हुने भएकोले मनसून शुरु भएपछि यसको विकास तीब्र गतिमा हुन्छ । रोगको प्रकोप बढी भएपछि पात पहेंलिने, झर्ने र अन्तमा हाँगा हुदै पुरै बोट मर्दछ ।

यस रोगको रोकथाम कसरी गर्न सकिन्छ ?
यस रोगको व्यवस्थापन गर्न तीनपाते र सिटे«न्ज प्रजातिका रुटस्टकमा कलमी गरेको बिरुवा मात्र लगाउने, खनजोत गर्दा जरामा चोट–पटक लाग्न नदिने, रोग ग्रस्त बोटमा तीनपाते सुन्तलाको रुटस्टक फेदमा सारी एप्रोच ग्राफ्टीङ्ग गरीदिने रोग लागेको बिरुवालाई १५ बोर्डोमिक्स्चरले जरामा पुग्ने गरी ड्रेन्च गर्ने जस्ता कार्य गरी रोगबाट बच्न सकिन्छ ।

सुन्तलामा लाग्ने धेरै रोगहरुको बिरुद्धमा प्रयोग गर्न सकिने कुनै त्यस्तो विषादी छ ?
हो, निलोतथो, चुना र पानीको मिश्रणबाट तयार गरिएको बोडोमिक्स्चर, बोर्डोपेष्ट र बोर्डो पेन्ट आदि रोगनाशक विषादिहरु बेला–बेलामा प्रयोग गर्दा सुन्तलामा देखा पर्ने अधिकांश रोगहरुबाट बिरुवालाई बचाउन सकिन्छ ।