प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली  हो । नेपालमा 17,740 हेक्टर जमिनमा  प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन  2,54,102  में. टन हुदै आएको छ (MOAD 2012/2013)। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक  खेती गरिन्छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका किसानहरुले  उचित बजार भाउ पाउदैन ।  हाल आएर नेपालमा बेमौसमी प्याज खेति प्रविधिको विकास भएको छ जसले गर्दा नेपालमा  दशैँको बेलामा प्याजको  पातलाई बजारमा पुर्याएर राम्रो आम्दानी लिन सकिन्छ ।

परिचय (Introduction) :

प्याजको उत्पत्ति मध्य यशिया बाट भएको हो। प्याजमा पाईने Allyl -propyl Disulfide नामक तत्वले गर्दा  यसमा पिरोपना आउने गर्छ । प्याजमा पाइने  (synpropanethial- S -oxide ) नामक ग्यासको कारण प्याज काट्दा आँखा पिरो हुने गर्दछ। प्याजमा सुन्निएको कम गर्ने,  रगतको कोलेस्ट्रोल घटाउने,  दम रोक्ने साथै anti cancerous र anti oxidants गुण समेत रहेको पाइन्छ । विश्वमा सबैभन्द बढि प्याज उत्पादन गर्ने देश भारत हो। दोस्रोमा चीन तथा तेस्रोमा अस्ट्रेलिया पर्छन  ।

नर्सरी व्यवस्थापन (Nursery Management) :

वर्षा याममा लगाइने प्याजलाई बिऊबाट उत्पादन गर्न निकै कठिन हुन्छ, त्यसैले नर्सरी तयार गरेर बेर्ना सार्ने काम गरिन्छ । नर्सरी बनाउदा माटो र बीऊ निर्मलीकरण गर्नु एकदमै आवश्यक हुन्छ। थिराम/क्याप्टानले 4-5g/m2  माटोमा र 2g/kg बीउ उपचार गर्नु पर्दछ ।  निर्मलीकरण गरेको ब्याडलाई राम्रो संग खनजोत गरेर 1m चौडा  ,5m लामो र 15-22cm उच्चा ब्याड बनाउनु पर्दछ र दुर्ड ब्याड बीचमा 25cm चौडा कुलेसा बनाउनु पर्दछ। यसरी तयार गरेको ब्याड मा 5cm को फरकमा 1.5cm गहिरो लाईन बनाई बीउ छर्नु पर्दछ | यसरी बिऊलाई लगाई सकेपछि माथीबाट परालले छापो दिई सिंचाई गर्नु पर्दछ।  1 हप्ता पछि छापो हटाई फेरि  सिचाई दिनु पर्दछ । यि सबै कार्यहरु वर्षा याममा गरिने हुदा प्लास्टिक गुम्बोजले ब्याड ढाक्नु पर्दछ I

बेर्ना सार्ने तरीका(Transplanting method) :

येसरी उत्पादन गरेको बेर्ना 4-5 हप्ता पछि मुख्य खेतमा सार्नको लागि तयार हुन्छ । नर्सरीबाट उखेल्नु भन्दा 4-5 घन्टा अगाडी पानीले  सिँचाइ गर्नू पर्दछ। उखेली सकेपछी बेर्नालाई bavistin 2g/l मा डुबाउनु पर्दछ । येसो गर्नाले ढुसी बाट लाग्ने रोग नियन्त्रण गर्न सकिन्छ। बेर्नालाई सार्नु अगाडि हरियो पातको तीन भाग मध्य एक भाग फाल्दा पनि विरूवा को transpiration घटाउँन सकिन्छ। यसरी तयार गरिएको लाईन – लाईनको फरकमा 15cm र बेर्ना – बेर्ना दुरीमा 15cm बनाई बेर्ना सार्नु पर्दछ ।

बीउ  र बेर्ना लगाउने समय(seed rate & Time of Sowing) :

असारको महिनामा बीउ ब्याडमा रोप्नु पर्दछ। रोपेको एक महिना पछि अर्थात साउनको अन्तिम देखि भदौको पहिलो हप्तासम्म बेर्ना सार्न सकिन्छ। बीऊ 8-10kg भएमा 1ha जमिनलाई उपयुक्त हुन्छ |

उपयुक्त जातहरू (Variety) :

नेपाल मा प्याज खेतिको लागी बिभिन्न जातहरु पाईन्छ तर बर्खे खेतिको लागि तल दिईएका जातहरू उपयुक्त छन।

एग्रिफाउण्ड डार्क रेड

एन -53

नासिक रेड

मुख्ख जग्गा तयारी (Main Field Preparation) :

प्याजको गानो गहिरो सम्म नजाने भएकाले प्याज खेतीको लागि गाहिरो जोताइको आवश्यकता पर्दैन। प्याजको लागि माटो खुकुलो हुनु एकदमै आवश्यक हुन्छ जसले गर्दा प्याजकोको गानो  जमिनको माथिल्लो सतहमा विकसित हुन्छ र राम्रो उत्पादन दिन्छ ।1m चौडा र 8-10m लम्बाई रहको जमिनलाई १५-२०cm उठाई  बेर्ना सार्नु पर्दछ।   | बर्षाको समय भएकाले जमिनमा पानीको निकासको  उचित व्यवस्था गर्नु पर्दछ ।

मलखाद (Fertilizer Management) :

प्याज खेति गर्नको लागि 30 ton/ha दरले कुहिएको गोठे वा कम्पोष्ट मल राखी जग्गा तयारी सुरु गर्नु पर्दछ  । गोठे वा कम्पोष्ठ मल जग्गा तयारी गर्ने बेलामा राख्नु पर्दछ भने रसायनिक मल 120: 100 : 100 kg NPK / ha   को दरमा आवश्यक पर्दछ जसमध्य 60 : 100 :100 kg NPK/ ha जग्गा तयारीको  अन्तिमा बेलामा प्रयोग गर्नु पर्दछ भने बाँकी 60 kg युरिया  30 दिन र 60 दिनपछि टपड्रेसिङ गर्नु पर्छ।

उत्पादन (Harvesting) :

यसरी भदैको सुरुमा रोपको प्याज 45 दिनमै पुरै वोट (गानो र पात समेत) ताजा तरकारीका लागि तयार भएको हुन्छ । हरियो अवस्थामा टिप्ने बेलामा दशैँ /तिहार पर्ने भएकाले किसानले यो बेला राम्रो मुल्य पाउन सक्छन ।गानो 90-100 दिनमा अर्थात मङ्सिरको पहिलो हप्तामा तयार हुन्छ । यो सिजनको गानो धेरै दिन सम्म भन्डारण गर्न सकिदैन । काटेको ठाऊबाट पलाउने हुनाले सकभर छिटो बेचविखन गर्नु पर्दछ।

प्याजमा लाग्ने प्रमुख किराहरु (Pest of Onion) :

Leaf eating caterpillar :

क्षतिको प्रकार :

१. Caterpillar पात काटी नोक्सान गर्दछ र पातहरु पुरै सखाप पनि पार्न सक्दछ।

नियन्त्रण

Malathion or Dimethoate २ एम एल १ लिटर पानीमा मिसाएर छर्ने

२. Onion Thrips

क्षतिको प्रकार

Thrips का Nymphs र Adult ले पात बाट रस चुसी पातलाई नोक्सान गर्ने गर्दछन् र अन्त्यमा विरुवा मर्दछ।

नियन्त्रण

Malathion or Dimathoate २ एम एल १ लिटर पानीमा मिसाएर छर्ने।

प्याजमा लाग्ने प्रमुख रोगहरु(Major diseases of Onion) :

१. प्याजको डढुवा

Causal Organism: Alternaria porri

लक्षण

  • यसलेविरुवाको सबै भागमा आक्रमण गरि सानो सेतो लाम्चो थोप्लाहरु नरम पातहरुमा देखिन्छन् ।
  • पातकोटुप्पोमा सबभन्दा पहिले यो लक्षण देखा पर्दछ र विस्तारै यि थोप्लाहरु पातको सबै भागमा फैलिदै जान्छ।
  • गानोमाचारैतिर रातो पहँलो पानी निस्किन्छ र सड्न थाल्दछ ।
  • बढिसापेक्षिक आर्द्रता र २४ डिग्री सेन्टिग्रेड देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम भएको बेलामा यो रोगको प्रकोप बढ्छ ।

रोगको व्यवस्थापन

* लामो समय सम्मको लागि घुम्तिबाली प्रणाली अपनाउँने ।

* बाली-चक्रमा गानो बीउको सट्टा अरु बालीहरु लगाउँने ।

* पुराना घाँसपातका ठुटाहरु, झारपातहरु बटुलेर जलाउँने ।

* रोग लागेका प्याजका गानाहरु भण्डारण नगर्ने।

* थाईराम वा वेभिष्टिन विषादी २ ग्राम प्रति किलो बीउका उपचार गर्ने ।

२. लसुनको मर्ने रोग

लक्षण :

सानो सेतो लाम्चो थोप्लाहरु नरम पातहरुमा देखिन्छन् र पातको टुप्पोमा सबभन्दा पहिले यो लक्षण देखा पर्नाकाे साथै विस्तारै यि थोप्लाहरु पातदेखि तलतिरका भागहरुमा पनि फैलिँदै जान्छन् ।

 व्यवस्थापन :

* पानीको निकासको व्यवस्था मिलाउने ।

* विउ रोप्दा वेभिष्टिन (२ ग्रा.प्रति लिटर पानी) ले उपचार गर्ने ।

*राग लागेपछि माटो राम्ररी भिज्ने गरी वेभिष्टिन वा डाईथेन एम ४५ स्प्रे गर्ने ।

३. Onion smut :

लक्षण

पातमा काला गोलाका साथै लाम्चा दागहरु देखिन्छ्न

व्यवस्थापन

Thiram or captan 2.5g/kg seeds को दरले

४. Downy mildew of onion

पातहरुको सतहमा पहेँला थोप्लाहरु(Yellow spots )देखा पर्दछन्।

व्यवस्थापन

बीउको उपचार गर्ने जस्तै Thiram @2.5g/kg seeds, spray वा Diathane M-45

लेखक : हिमाल अधिकारी