कृषी र पशुपालन ब्याबसाय एक अर्कासंग अन्तर सम्वन्धीनत छन् । कृषि उत्पादन र तीनका उप पदार्थको पशु आहारा तथा परिपुरक खाद्य वस्तुको रुपमा प्रयोग गरीन्छ। नेपाली समाजमा परम्परागत परम्परागत ज्ञानको प्रयोग गरी विभिन्न वनस्पति तथा जडीबुटीहरु मानीस तथा पशुपक्षींको औषधीको रुपमा उपयोग गर्ने प्रचलन धेरै पुरानो हो । यसरी प्रयोग गरीने वस्तुको वैज्ञानीक आधार तथा सक्रीय औषधीय तत्व (Active ingridient) के हो ? त्यसका फाइदा तथा बेफाइदा के के हुन सक्दछन् ? उचित प्रयोग विधि के हो ? आदी वारे राम्ररी बुझेर गरीयो भने उचीत लाभ लिन सकीन्छ । मानव स्वास्थ्यमा प्रयोग हुने औषधिय वनस्पतीहरुको वारेमा लेख तथा अनुसन्धान उल्लेख्य मात्रामा भएकी पाइन्छ तर पशु स्वास्थ्यमा प्रयोगहुने वनस्पतीको कमै मात्रामा चर्चाहुने गरेको छ । नेपालमा सजिलै पाइने परम्परा देखि पशु औषधीको रुपमा प्रयोगहुदै आएका छन्। आयूर्वेदको ज्ञानले नेपालको इतिहास जडीबुटी औषधिमा धनि छ जसले प्राचिन जिवनलाइ स्वस्थ्य बनाइराख्ने काम गरेको थियो।

दुध वन्ने प्रक्रिया (दुध संलेषण तथा श्राव) लाइ पौष्टीक तथा अपौष्टिक तत्व (ग्रन्थी प्रणाली स्वास्थ्य वातावरण ब्यवस्थनपन)ले प्रभाव पार्दछ । धेरै वनस्पति तथा जडीबुटीहरुमा त्यस्ता थुप्रै औषधीय गुणयूक्त घटकहरु (Active constituents) हुन्छन् जसले दुग्धवर्धकको रुपमा काम गर्दछन् । भारतमा विभिन्न औषधी कम्पनीहरुले यस्ता वुटीहरु औषधीको रुपमा वजारमा ल्याएकाछन् तर नेपालमा कमै प्रयोग भएको छ । स्थानीय रुपमा उपलब्ध यी जडीबुटीको उचीत प्रयोग गरि दुध उत्पादन बढाउन, दुध उत्पादनसगं सम्बन्धित रोग समेत नीकोपार्न सकिन्छ । तर, यी वनस्पतीको उचित मात्रामा प्रयोग गर्न नसकेमा , उपयोग विधि र उपयोग भाग (पात ,काण्ड, फल ,विज ,जरा, ) निर्धारण गर्न नसकेमा विषाक्तता समेत निम्ताउन सक्दछ। दुग्धवर्धक औषधीको प्रयोग असंक्रामक कारणबाट दुध उत्पादन नहुनु , कम दुध उत्पादन हुने, दुध उत्पादन बढाउन, उत्पादनलाइ प्रेरित गर्न , पशुलाइ दुध उत्पादनकोलागी फकाउन ,लामो समय सम्म उत्पादन कायक राख्न तथा वृद्दी भएको उत्पादन टिकाइ राख्न प्रयोग गरिन्छ । हर्मोन तथा औषधीको प्रयोग गरी दुध उत्पादन बढाउन सकिन्छ तर ती वस्तुको कुप्रभावको कारण पशु तथा मानव स्वास्थ्य दुवैलाइ सामान्य देखि गम्भिर असर पर्न जान्छ।

यि औषधिका पनी थुप्रै असरहरु छन्। हाल आएर बैज्ञानीक तथा अनुसन्धानकर्ताहरु सजिलै उपलब्ध हुने सस्तोमा उत्पादन गर्न सकिने तथा असर (कुप्रभाव र विषाक्तता) नहुने यस्ता जडीबुटीको खोज र अनुसन्धानमा लागेका छन्।जडीबुटि तथा वनस्पती खाद्य तत्वको संगठित मिश्रण हो जसले भिटामिन खनिज तथा अन्य पौष्टीक तत्व प्रदान गरी पशुको शरिरलाइ बलियो बनाइ शारिरीक तन्दुरुस्ती दिगो बनाइराख्दछ। धेरै जसो औषधिय गुण भएका जडीबुटीमा हुने औषधिय गुणउक्त तत्व polyphenol , alkaloids, isoflavones, Tannins, alfa- linolic acid हुन् जसले स्वस्थ्य रहन र उत्पादकत्व बढाइराख्न मद्दत गर्दछन ।

नेपालमा पाइने केही दुग्धवर्धक वनस्पति तथा जडीबुटीहरुको तलको टेवलमा चर्चा गरीएको छ :

लेखक : डा. रविन वस्ताकोटी पशु विकाश अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।