ललितपुर। खसीबोकाको आयात खुलाउन व्यवसायीले आफुलाई घेराबन्दी गरेको कृषि तथा पशुपन्छीं विकास मन्त्री चक्रपाणी खनालले बताउनु भएको छ ।

दशैं नजिकिदैं जाँदा खसीबोकाको आयात खोल्न व्यवसायीले आफुलाई पटक पटक आग्रह गरे पनि अस्वस्थकर खसीबोकाको आयात कुनै हालतमा नखोलिने बताउनुभयो ।

सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकै कारणले संसार भरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परिक्षण नगरी खसीबोका ल्याउनु पर्छ भनी कतै उल्लेख नगरिएको बताउनुभयो ।

व्यावसायिले घेराबन्दी गरि दशैमा त देख्लास भन्ने प्रसंग उल्लेख गर्दै मन्त्री खनालले “केही फरक पर्दैन केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ ” त्यसैमा जोड गर्नु पर्ला भनि व्यवसायीलाई सुझाव दिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सार्वजनिक नीजि उत्पादक साझेदारी मोडलमा बधशाला निर्माणका लागि ५ वटा स्थानीय तह विराटनगर, भरतपुर, पोखरा, बुटवल, र कोहलपुरसंग सम्झौता गरिएको छ ।