रुपन्देही । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, रुपन्देहीले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउको बीउ उतपादन गर्ने व्यक्तिरकृषक समूहरकृषि सहकारीलाई अनुदान दिने भएको छ। उक्त निर्देशनालयबाट इच्छुक उद्यमी , कृषक समूह, कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।
कसले निवेदन दिन पाउँछन :
इच्छुक उद्यमी/कृषक समूह/ कृषि सहकारीहरूले निवेदन दिन पाउँछन् ।
के-के कागजात चाहिन्छ :
निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारी सम्बन्धित निकायमा दर्ता भएको प्रमाणको फोटोकपी (नियमानुसार नविकरण समेत भएको हुनुपर्ने) ।
कार्यक्रम संचालनका लागि निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारीको जिम्मेवार व्यक्ति तोकिएको निर्णयको छाँयाप्रती र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी ।
अन्य प्रमाणित प्रमाणपत्रहरु (च्याउ बीउ उत्पादन सम्बन्धि तालिम, शैक्षिक योग्यता) आदिका फोटोकपीहरू र वैदेशिक रोजगारवाट फर्केकाको हकमा पासपोर्टको फोटोकपी ।
परियोजना प्रस्ताव पेश गर्न लागि कृषक समूह तथा सहकारीको निर्णयको र जिम्मेवार व्यक्ति तोकिएको निर्णयको फोटोकपी र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी ।
प्रस्तावक तर्फको लगानी सुनिश्चितताका लागि स्वलगानीमा गर्ने भए बैँक स्टेटमेन्ट वा बैँक ग्यारेन्टी
कति अनुदान पाइन्छ :
प्रति प्रस्ताव ७५ % वा अधिकतम रु. १५ लाख अनुदान पाइन्छ ।
निवेदन कहाँ बुझाउने :
निवेदन कृषि विकास निर्देशनालय वा सम्बन्धित ज्ञान केन्द्रहरू नवलपरासी (ब.सु.प.) कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा र बाँकेमा बुझाउन सकिन्छ।
निवेदन बुझाउने अन्तिम मिति कहिले हो ?
निवेदन यही मिति २०७६/०१/ २० गते भित्र बुझाइसक्नुपर्छ।
कहाँ सम्पर्क गर्ने ?
कृषि विकास निर्देशनालय, रुपन्देहीस् ०७१-४२००१२









