एजेन्सी । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।यही पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ ।

काँचो केराका फाइदा :

मोटोपनाको शत्रु : नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन ।

पोटासियमको भण्डार: पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

मधुमेहको औषधि : धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।

कब्जीयत हटाउने : कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ । काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ । फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ । काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदैजान्छ ।