
आलु उत्पादनको ५० ५ खर्च यसको बिउमानै हुन्छ ।आलुको रोग सर्ने मुख्य श्रोत पनि बिउ आलुनै हो त्यसैले आलुको सुरक्षित भण्डारण गर्नु निकैनै आवस्यक रहेको छ । आलुलाई सोझै घाम आउने ठाउमा भण्डारण गर्यो भने कयबिलष्ल भन्ने तत्वको विकास हुन्छ जसले गर्दा आलु हरियो हुन्छ र खान अयोग्य हुन्छ भने अध्यारो कोठामा भण्डारण गर्यो भने आलुमा साना मसिना सेता कमजोर टुसाहरु पलाउछन जसले गर्दा आलुको उत्पादन सोचेजति गर्न सकिदैन ।
त्यसैगरि आलुलाइ धेरै तापक्रममा भण्डारण गरियो भने आलुमा छिटै टुसा पलाउने र आलु चाउरिने हुन्छ र धेरै थोरै तापक्रम भयो भने आलुमा भएको starch पूर्ण रुपमा बिगठन हुन नसक्ने हुदा आलुमा गुलिया पदार्थहरु जस्तै सुक्रोज,फ्रुक्टोज,ग्लुकोज संचित भइ गुलियोपना बिकसित हुन जान्छ । भण्डारण गर्दा हावाको संचार राम्ररी भएन भने अक्सिजनको मात्रा घट्ने र कार्बनडाइअक्साइडको मात्र बढ्ने हुन्छ जसले गर्दा आलुमा कालो मुटु (black hart) जस्ता समस्याहरु देखा पर्दछन्रयसरी आलु भण्डारण गर्दा सबै पक्षलाइ ब्यबस्थापन गर्नु जरुरि हुन्छ ।
राष्टिक भण्डारण भनेको के हो :
यो बिउ आलु भण्डारण गर्ने प्रबिधि हो जुन स्थानीय श्रोत साधनको प्रयोग गरि बनाईएको हुन्छ्र यो मधुरो प्रकाशको सिद्दान्तमा आधारित प्रबिधि हो ।
कस्तो ठाउको लागि रस्टिक भण्डारण बिधि उपयोगी हुन्छ :
यो भण्डारण तरिका २००० मीटर भन्दा माथिको उचाईको लागि उपयुक्त साबित भैसकेको छ त्यसैगरि उत्तर पुर्बी मोहडा फर्काएर १५०० मीटर उचाईमा पनि यो भण्डारण तरिका अपनाउन सकिन्छ ।
रस्टिक भण्डारणको महत्व के छ त :
धेरै लगानी लाग्ने भएकाले र दक्ष्य जनशक्तिको अभाबले गर्दा सबै ठाउमा शित भण्डारण निर्माण गर्न सकिदैन यस्तो बेलामा स्थानीय श्रोत साधन र शिपको उपयोग गरेर रस्टिक भण्डार बनाउन सकिन्छ । यो बिशेष गरेर बिउ आलु भण्डारणको लागि उपयुक्त हुन्छ । यो प्रबिधि मधुरो प्रकाशको सिद्दान्तमा आधारित प्रबिधि हो भण्डारण गरिएको आलुमा मधुरो प्रकाश पर्नाले आलुमा आउने टुसाहरु हरिया,मोटा र दरा हुने गर्दछन र यस्तो बिउ आलुबाट धेरै उत्पादन लिन सकिन्छ ।
कसरी बनाउन सकिन्छ रस्टिक भण्डारण घर :
राष्टिक भण्डार रुखको छहारी अथवा घर र गोठको छहारीमा पर्ने गरि बनाउन पर्दछ। रस्टिक भण्डारण बनाउदा परल ,खर आदिले छाना बनाउनु पर्दछ। टिनको छानाको प्रयोग गर्न हुदैन किनभने यसले राष्टिक भण्डारणलाइ तातो बनाईदिन्छ र यसले गर्दा आलुमा छिट्टै टुसा पलाउन थाल्छ र आलु चाउरिने सम्भावना पनि हुन्छ । छाना र सिलिंगको बिचमा कम्तिमा १ मीटरको फरक हुन पर्दछ । रस्टिक भण्डार घर बनाउदा तलबाट चिसो हावा पस्ने गरि र माथिबाट तातो हावा बाहिर जाने गरि झ्याल बनाउन पर्दछ ।
किराहरुबाट बचाउन मसिनो जालीको प्रयोग गर्न पर्दछ यसको भित्रपट्टि ५-७ ओटा टोकरी जस्ता खण्डहरु बनाइन्छ र त्यसमाथि आलुहरु फिजाएर राखिन्छ आलु फिजाएर राख्नाले सजिलै बयुसंचार हुन्छ र अक्सिजनको कमि हुन पाउदैन्रसाधारणतया ६.५ फीट लम्बाई ,२.५ फीट चौडाई र ७.५ फीट आग्लो भण्डारभित्र ५ तख्ताहरु बनाईएकोमा अन्दाजी ५०० किलो बिउ आलु भण्डारण गर्न सकिन्छ ।