काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गरेको ५ दिने नर्सरी व्यवस्थापन तालीम राजधानीमा सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयको सहयोग र नेदरल्याण्डस्थित पमको प्राविधिक सहयोगमा सो तालीम सम्पन्न भएको एशोसिएशनले बताएको हो ।
तालीममा सहभागीलाई एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । धरान, पोखरा, चितवन र काठमाडौंका गरी ३० जना पुष्प व्यवसायीको सहभागिता रहेको सो कार्यक्रममा नेदरल्याण्डस्थित पमका पुष्पविशेषज्ञ विम भान केष्टरले तालीम दिएका थिए । तालीम समापनका अवसरमा अध्यक्ष कसजू श्रेष्ठले यस पटकको तालीम विगतका भन्दा फरक रहेको बताउँदै तालीममा सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरे ।