-रासस/एएफपी
फ्रान्स । विश्वका कुटनितिज्ञको मोरक्कोको माराकेसमा यस हप्ता शुरु भएको बहसले वातावरण परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको विज्ञहरुले बताएका छन् ।
कृषि वातावरण परिवर्तनका कारण नराम्ररी प्रभावित भएपनि नोभेम्वर ७ देखि नोभेम्वर १८ सम्म हुने छलफलले समस्याको समाधान ल्याउने विज्ञहरुले बताए । वातावरण परिवर्तनका कारण हुने खडेरी, बाढी, मरुभूमीकरण माटोको क्षयीकरणका समस्या बढ्दा खाद्यान्न सङ्कट निम्तिएको घटना ननिम्तिने त कुरै भएन यसलाई मध्यनजर गर्दै समाधान खोज्न छलफल केन्द्रित रहने, विश्व खाद्य तथा कृषि संस्थाका प्रमुख जोज ग्राजियानोले बताए।
वातावरण परिवर्तनका कारण खाद्यान्न सङ्कट आएको तर यसले सवै यसका शिकारीको जमघट गराएको छ । हामीले आइन्दा धेरै आश्वासनमात्र दिने नभै हामीले लगाएको खेतीबाट राम्रो फल कसरी प्राप्त गर्ने भनी विशेष निकास निकाल्ने कुरामा आश्वस्त हुन विश्वभरका कृषकलाई विश्वास दिलाउन चाहन्छौ ।यस बर्ष अल निनोका कारण ल्याटिन अमेरिका, उत्तर अमेरिका र यूरोपमा समेत प्रभाव पारेको , अपवादमा सोचिने गरेको खडेरी र वाढीका घटना देखिएको र यसले समग्र यस क्षेत्रकै खाद्यान्न व्यवस्थापनमा समस्या निम्ताएपछि कृषिमा परेको असरमाथि छलफल भएको छ ।
गत महिनामा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी दश बाह्र बर्ष वा त्यसपछि विकासोन्मुख राष्ट्रका कृषकहरुले जलवायु परिवर्तनका कारण बढेको तातोका कारण नराम्ररी प्रभावित हुनेछन् । यदि यसको समाधान समयमै निकालिएन भने सन् २०३० भित्र खाद्यान्न उत्पादनमा नकारात्मक दवावको सामना गनुपर्नेछ ।
यसको असर विश्वभर नै पर्नेछ अर्थात् विश्वमा खाद्यान्न सङ्कटको भयावह स्थिति हुनेछ, उनले भने। अर्को कुरा कृषि क्षेत्र ग्रीनहाउस ग्यास उत्सर्जन गराउनमा विशाल योगदान गर्ने क्षेत्र हो जसले एक चौथाई ग्रीन हाउस ग्यासको उत्सर्जन गर्छ र भूमण्डललाई तताउदै आएको छ । अन्ततः यसले वातावरण परिवर्तनमा असर गर्छ । असरलाई कम गर्न चक्रिय वाली, खडेरी सहनसक्ने विउ, पानीको प्रयोगमा नियन्त्रण गर्ने किसिमका र खासगरी हिउदे वालीलाई थप प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
प्रतिवेदनमा अहिले बाच्नका लागि हामीलाई आवश्यक पर्ने खाद्यान्नको तुलनामा दुई गुणा बढी उपयोग गर्ने बानी रहेको छ । अर्थात् एकजनाको लागि दुई हजार ३०० क्यालोरी खाद्यान्न आवश्यक भएपनि सरदर चार हजार ६०० क्यालोरी लिने गरेको तथ्याङ्कले देखाउछ । यसमा नियन्त्रण गरि भविश्यका लागि सञ्चय गर्नु पनि बुद्धिमानीपूर्ण रहने बताइन्छ ।