©शंकरप्रसाद नेपाल
केही वर्षअघिसम्म आलुको खेती केवल घर खर्च र केही बचत हुने जस्तो भएमा बिक्री गर्ने उद्देश्यले मात्र खेती गर्ने गरिन्थ्यो । त्यस समयमा आलुको मूल्य पनि त्यति धेरै थिएन केवल प्रति केजी ३÷४ रुपिया“ मात्र थियो । तर ८÷१० वर्षयता आइपुग्दा आलुको माग यति बढ्दै गयो कि मूल्य पनि प्रति केजी ६०।– रुपिया“सम्म हुन गयो । त्यसै कारणले गर्दा नै आजकाल आलुको खेती गर्ने कृषकको संख्या पनि दिनप्रतिदिन बढ्ने गएको छ । आलुको खेती प्रायःजसो सबै क्षेत्रमा हुनेगर्छ । उच्च पहाडमा यसलाई खाद्यान्नको रुपमा खेती गर्दछन् भने मध्य पहाड र तराईका क्षेत्रहरुमा तरकारीको रुपमा खेती गरिन्छ । आलु बाली यस्तो तरकारी बाली हो, यसलाई जुनसुकै तरकारीमा मिसाई खाने गरिन्छ । त्यसैले होला यसलाई तरकारीको राजा भन्ने गरेको ।
आलुका जराहरु कमजोर माटोमुनि फल्ने भएको हु“दा आलु लगाउने जमिन तयारी गर्दा गहिरोस‘ग खन, जोत गरी, डल्ला फुटाई माटो मसिनो बनाउनुपर्दछ । त्यसपछि प्रतिकट्ठा ४०-५० डोकाको दरले कम्पोष्ट या पाकेको गोबरमल उक्त जमिनमा राखी जोतिदिने र हल्का हेंगा लगाई सम्याइ राख्नुपर्दछ । यसको खेती सबैजसो माटोमा गर्न सकिन्छ । तर चिम्टाइलो माटोमा त्यति राम्रो ह‘ुदैन । आलु खेतीको लागि धेरै मसिनो माटो गराउनुहुदैन । किनभने मसिनो माटोमा हावा खेल्नको लागि प्रशस्त ठाउ‘ हुदैन, धेरै पानी परेमा माटो जम्न गई साह्रो हुन्छ र दाना फष्टाउन पाउ‘दैन । त्यसैले यी कुराहरुलाई विशेष ध्यान दिई खेती सञ्चालन गर्नुपर्छ ।
आलुको बीऊ छनोट : ‘बीऊ गुनाको बोट, बोट गुनाको फल’ केवल असल बीऊबाट मात्र पाउन सकिन्छ, त्यसैले बीउको छनोट गर्दा निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
–जातीय शुद्धता भएको
–दानाको साइज अण्डा आकारको (२० देखि ४० ग्रा)
–चोट पटक नलागेको
–२÷३ वटा आ“खा भएको
–रोग, कीरा नलागेको
–हरियो मोटो, छोटो टुसा भएको
–तर सेतो, लामो टुसा भएको, दाना चाउरी परेको, नटुसाएको रोग कीरा लागेको आलुको बीऊ रोप्नु ह‘ुदैन ।
बीऊको उपचार ः आलुमा लाग्ने ढुसीजन्य रोगहरुबाट बचाउनको लागि निम्न अनुसारको विषादीबाट आलुको बीऊ उपचार गरी रोप्ने गर्नु्पर्दछ ।
डाइथेन एम. ४५ २ देखि ३ ग्राम, एकदेखी डेढ लिटर पानीमा मिसाई १ के.जी. आलु बीऊलाई ५ मिनेटसम्म डुबाई राख्नु र त्यसपछि उक्त आलुलाई छहारीमा सुकाउने तर घाममा सुकाउनु ह‘ुदैन ।
ब्लाइटक्स–५० लाई पनि माथि बताए अनुसारको परिमाण र तरीकाबाट जस्तै गरी आलु बीऊ उपचार गर्न सकिन्छ । यी दुई विषादीमध्ये कुनै एकबाट उपचार गरे हुन्छ । यसरी उपचार गर्दा दुईपटकसम्म उक्त पानीमा बीऊलाई ५ मिनेट डुबाई छहँरीमा सुकाउन सकिन्छ । त्यसपछि त्यो पानीलाई फाली फेरि अर्काे पानीमा विषादी राखी उपचार गर्न पर्दछ । यदि धेरै नै बीऊ उपचार गर्नुपरेमा ड्रममा पानी राखी पानीको परिमाण अनुसार विषादीको मात्रा राखी आलुको बीऊ उपचार गर्नुपर्दछ । उपचार गरिसकेको विषादी पानील्ँँई खाडलमा खन्याई पुरिदिनु पर्दछ ।
लगाउने समय ः राम्रो उत्पादन लिनको लागि आलुको बीऊ असोजको दोस्रो हप्तादेखि कार्तिकको पहिलो हप्तासम्म लगाउन सकिन्छ । तर यो सम्भव हुन नसकेमा मंसिरसम्म पनि लगाउन सकिन्छ ।
आलु बीऊ टुसाउने तरीका ः आलु खनेपछि बीऊलाई टुसाउने अवस्थासम्म पुग्न केही समय लाग्ने हुन्छ । त्यस अवस्थालाई सुषप्त अवस्था भनिन्छ । त्यही अवस्थामा नै आलुलाई शित भण्डारमा भण्डारण गर्न लगिन्छ । यसरी भण्डार गरेको आलुलाई सोझै नरोपी निम्न प्रक्रिया आपनएर टुसा निकाली त्यसपछि मात्रै बीऊ रोप्नुपर्दछ ।
शित भण्डार (कोल्डस्टोर) बाट ल्याएको आलु बीउलाई उज्यालो तर घाम नलाग्ने ठाउ“मा २÷३ हप्तासम्म कोठामा या बरण्डामा फिजाइ राख्ने ।
अ‘ध्यारो कोठामा नराख्ने, अ‘ध्यारोमा आलु राख्दा आलुको टुसा सेतो, लामो र कमजोर खालको हुने गर्दछ, त्यसैले उज्यालो घाम नलाग्ने ठाउ“मा राखेको आलुको टुसा मोटो, हरियो हुने गर्दछ जुन बीऊको लागि उपयुक्त हुन्छ । यसरी बीऊ टुसाई रोप्दा छिटो उम्रिने, एकैनासले उम्रिने, छिटो फल्ने र राम्रो उत्पादन दिने हुन्छ । यदि बीऊलाई नटुसाई रोपेमा ढिलो उम्रिने, ढिलो फल्ने, उत्पादनमा कमी आउने र एकैनाशले पनि नउम्रिने हुन्छ ।
लगाउने दूरी र तरीका ः साधारणतया आलु दुई तरीकाबाट रोप्ने गरिन्छ । एउटा बिना ड्याङको र अर्काे ड्याङ बनाएर । पहाडतर्फ भिरालो जमिन हुने हु‘दा ड्याङ बनाउन असजिलो हुने हु‘दा सोझै बिउ राप्ने गर्दछन् भने तराईमा पनि कहीकतै फरुवा वा हलोको सियोमा रोपी माथिबाट छापो राख्ने चलन पनि छ । तर यो तरीकाबाट खेती गर्दा उत्पादनमा धेरै कमी आउने हुन्छ । त्यसैले छोटा–छोटा ड्याङ बनाई लाइनमा बीउ रोपी खेती गर्नुपर्दछ, यसबाट धेरै उत्पादन लिन सकिन्छ किनभने यसरी रोपेको आलुलाई पानी दिन सजिलो हुन्छ, उत्पादन बढी हुने गर्दछ । आलु खन्न सजिलो हुनुका साथै, विषादी प्रयोग गर्दा सबैतिर पर्न सक्छ । त्यसैले ड्याङमा रोपाइ‘ गर्नु धेरै राम्रो मानिन्छ । तर ड्याङ बनाई राख्दा एउटा कुरा के याद गर्नुपर्ने हुन्छ भने ड्याङहरु छोटो–छोटो बनाउनुपर्दछ । लामो ड्याङ बनाएमा सिंचाई दिदा एकै नासले परसम्म पूरै डुब्ने हुन्छ । त्यसैले छोटो ड्याङ बनाउनु पर्दछ । आलु रोपाइ‘ गर्दा एक ड्याङदेखि अर्काे ड्याङको दूरी ६० देखि ७० सेन्टिमिटर र एक आलुदेखि अर्काे आलु (बोटको) को दुरी २० देखि २५ से.मी. को फरकमा रोप्नुपर्दछ । बीऊ रोपेपछि ५-६ अंगुल जति माटोले पुर्ने र आलुका टुसालाई माथि पारेर रोप्ने गर्नुपर्दछ । धेरै माटो चढाई रोप्दा उम्रिन ढिला हुन्छ । त्यसैले दाना राम्रोस‘ग पुरीने गरी पुर्नुपर्दछ ।
बीऊ दर ; आलुको बीऊ दानाको साइजमा भर पर्ने हुन्छ । यदि २० देखि ४० ग्रामसम्मको आलु बीऊ रोपेमा प्रतिकट्ठा ६० देखि ७० केजी बीऊ आवश्यक पर्दछ । राम्रो उत्पादन लिन अण्डा आकारको (२०–४०ग्राम) बीऊ नै राम्रो हुन्छ ।
मल खाद : आलु बालीको लागि प्राङ्गारिक मल धेरै नै राम्रो मानिन्छ । यो सम्भव नभएमा रासायनिक मल प्रयोग गर्नु पर्दा निम्नानुसार प्रयोग गर्न सकिन्छ ।
–गोबर मल भएमा –४०–५० डोका प्रतिकट्ठा
–डि.ए.पी. मलराख्दा –७ केजी प्रतिकट्ठा
–युरिया मल राख्दा –४ केजी प्रतिकट्ठा
–पोटास मल राख्दा ३.५ केजी प्रतिकट्ठा
उपरोक्त मल राख्दा डि.ए.पी.र पोटास पूरै र युरिया आधा आलु रोप्नु अघिनै जमिनमा राखी रोप्ने र बॉकी आधा युरिया पहिलो सिंचाई गरी गोडमेल गर्दा र दोस्रो सिंचाई (दाना बढ्ने बेलामा) गरी उकेरादिने बेलामा प्रयोग गर्नुपर्दछ ।
आलुको जात ः आलुका उन्नत जातहरुमा (कुफ्री ज्योति, कुफ्री सिंदुरी, डेजिरे, खुमल–१, कार्डनिल, एन. पि. आई. –१०६ आदि छन् । यी जातहरुमा कुफ्रीज्योति सेतो खालको हुन्छ । यो उच्च पहाड–मध्यपहाड र तराईमा खेती गरिन्छ । यो १०० देखि १२० दिनमा तयार हुन्छ । अर्काे डेजिरे रातो रंगको लामो हुन्छ । यसको कम पानीमा पनि खेती गर्न सकिन्छ । सरदर ९० दिनमा यो तयार हुन्छ । यस्तै अर्काे जात छ कार्डिनल यो रातो र लाम्चो खालको हुन्छ । यो तराई, भित्री मधेशको लागि राम्रंो मानिन्छ । यो जात रोपाइ‘ गरेको ९० देखि १२० दिनभित्रमा तयार हुर्नेगर्दछ । यी जातहरुको बीऊ आवश्यक भएमा समयमा नै सम्बन्धित कार्यालयमा सम्पर्क राखी प्राप्त गर्न सकिन्छ
सिंचाई तथा गोडमेल ः सिंचाई लगभग दुई पटक अनिवार्य गर्नुपर्दछ । पहिलो सिंचाई बीऊ उम्रेपछि (१ महिनापछि) एक पटक र दोस्रो सिंचाई दानाहरु लाग्ने बेलामा एक पटक सिंचाई दिनुपर्दछ । दुबै सिंचाईको बेला बॉकी युरिया मललार्ई आधा–आधा गरी दुई पटक ट्रपड्रेस गर्ने र सोही समयमा माटो चढाउने गोडमेल गर्ने गर्नु पर्दछ । सिंचाई दिदा ड्याङको आधा भाग मात्र भिज्ने गरी पानी दिनुपर्दछ । पूरै ड्याङ भिज्ने गरी सिंचाई दिनु ह‘ुदैन ।
खन्ने र भण्डारण गर्ने : आलुको बोट पहेंलो, आधा सुक्न थालेपछि खन्ने गर्नुपर्दछ । खनिसकेपछि आलुको छनोट गरी खान र बीऊको लागि छुट्याई उज्यालो घाम नपर्ने ठाउ‘मा राखी आलु बीऊलाई कोल्डस्टोटमा लैजाने र खाने आलुलाई अ‘ध्यारो कोठामा भण्डारण गर्ने गर्नु पर्दछ । यदि बताए अनुसारको तरीका अपनाई आलु खेती गरेमा अवश्य पनि प्रतिकट्ठा ८ देखि १० क्वीन्टलसम्म उत्पादन गर्न सकिन्छ ।