© जीबछ शाह
हाल सानो खोरमा धेरै कुखुरा पाल्ने गरेको चलनले गर्दा आर्थिक दुष्टिकोणले फाईदा जनक लागेतापनि विभिन्न प्रकारका रोगहरु कुखुरामा आउने गर्छ साथै कुखुराको शारिरीक विकासमा समेत कमि आउने गर्छ । कुखुरा फार्ममा रोग लाग्नका प्रमुख कारणहरुः
१. रोग ग्रस्त चल्ला (जुन रोग माउपोथि कुखुराबाट चल्लामा सर्ने गर्छ जस्तै पूल्लोरम, सि.आर डि.) खोरमा ल्याई पाल्दा ।
२. ह्याचरीबाट चल्ला ल्याउदा भाडाकुडाहरु रोगका जिवाणु विषाणुहरुबाट दुषित हुन पुगेमा ।
३. एक फार्मबाट अर्को फार्ममा हावा, काम गर्ने मानिस, निरिक्षण गर्ने मानिस, चराचुरुङ्गी, दाना पानी इत्यादि संक्रमण हुन गएमा ।
कुखुरामा रोग लाग्नका कारणहरुको वर्गिकरण यस प्रकार गर्न सकिन्छ ।
क) जिवाणु, विषाणु, परजिवी ढुसी (फंगस) का संक्रमण
ख) टाक्सीक (दानाका विशाक्तका कारण)
ग) पोषण तत्वको कमी
घ) ट्रोमेटिक अवस्था (चोटपक लाग्न जाने)
ङ) मेटाबोलिक तथा वातावरणीय प्रभाव
जिवाणु, विषाणु, फं्रगस, परजिवी (आन्तरिक एवं बाह्य), पोटोजुवा (कक्सिडियोसिस) हरुको संक्रमण हुन गएमा कुखुरामा रोग लाग्न जान सक्ने हुन्छ । विषाणु (भाईरस) बाट लाग्ने रोगहरुको खासै उपचार नहुने भएकोले भ्याक्सिन लगाई रोकथाम गर्नु पर्ने हुँन्छ । जिवाणु (ब्याक्टेरिया), माईकोप्लाज्म तथा प्रोटाजुवाहरु लाग्ने रोगका उपचार ब्रोडस्प्रेकट्रम एन्टिबोयोटिकहरुको प्रयोग गरी गर्न सकिन्छ । आन्तरिक परजिवी गोलोजुका, फित्तेजुकाहरुको उपचार ब्रोडस्पेक्टूम एन्थेलमिन्टिक आषधिहरुको प्रयोग गरी गर्न सकिन्छ । बाह्य परजिवी उपिया, किर्ना, जुम्रा इत्यादिलाई इन्सेक्टीसाईड औषधिहरुको प्रयोग गर्न उपचार गर्न सकिन्छ ।
टाक्सीस कारणहरु दानाहरु दानामा रसायनिक पदार्थ पर्न जाने वा दानामा ढुसी लाग्नका उत्पन्न हुन जान्छ । ढुसी उत्पन्नका कारण कुखुराका कलेजो खराव हुन जान्छ । जसलाई लिभरटानिक जसमा कोलिन, मिथियोनाईन तथा भिटामिन वी १२ युक्त भएकोबाट उपचार गर्न सकिन्छ ।
पोषण तत्वको कमी जस्तै दानामा प्रोटिन, इनर्जी, भिटामिन, मिनरलको कमिका कारण हुने गर्छ ।
टूोमेटिक अवस्थाका कारण कुखुरामा रोग लाग्न जाने हुन्छ, जुन निम्न छन् ।
१. चल्ला ओसार- पसार गर्द तथा प्याकिङ्ग गर्दा ।
२. चुच्चो काट्दा, भ्याक्सिनेशन गर्द, खोरमा सार्दा असावधानी पूर्वक गरिएमा ।
३. कुखुरा एक आपसमा ठुंगाठुग गर्दा वा लड्दा ।
४. खोरमा अत्याधिक संख्यामा कुखुरा भएमा ।
५. सोतर राम्रो नभएमा, सिमेन्टेड राम्रो सि नभएमा कुखुराका पैतालामा घाउ हुनसक्छ ।
६. दानापानीका भाडा, फुल पार्ने गुड राम्रो अवस्थामा नभएमा ।
७. बाह्य जन्तुहरुको आक्रमणका कारण ।
मेटाबोलिक तथा वातावरणीय कारणहरु कुखुराका व्यवस्थापन पक्षमा कमी हुन गएमा हुने गर्छ । जस्तै खोरमा अत्याधिक गर्मी वा चिसो, सोतर कम हुने इत्यादि ।
कुखुरामा लाग्ने रोगका रोकथाम तथा ब्यवस्थापन विधि
१. पुरानो लट कुखुरा बिक्रि गरिसकेपछि खोरलाई डिसइन्फेक्टेक्टहरुबाट सफा गर्ने, खोरलाई पोटास तथा फर्मलिनबाट फ्यूमिगेशन गर्ने ।
२. विभिन्न उमेरका कुखुरा एकै ठाउमा नमिसाउने तथा अलग अलग खोरमा ाखि पाल्ने ।
३. खोरमा प्रवेश गर्ने द्वार (गेट) निर खुट्टामा चोपेर जानको निम्ति डिसाइन्फेक्टेन्ट (चुन, फिनेल) को व्यवस्था गर्ने ।
४. एक खोरबाट अर्को खोरमा मानिसको आवत जावतमा पूर्णता बन्देज गर्ने र लगाउने चप्पल, जुत्ता प्रत्येक खोरको जिम्ति अलग अलग राख्ने ।
५. बाह्यको मानिसलाई खोर भित्र पस्नमा पूर्णतया बन्देज लगाउने ।
६. सेनिटाईजरको प्रयोग गर्ने त्यासको निम्ति पानीमा वाटर सेनेटाइजरको प्रयोग गर्ने तर क्लोरिनयुक्त पानी पिउने पानी सित भ्याक्सिनको प्रयोग गर्दा गर्नु हुँदैन ।
७. दाना पानीका भाडा नियमित रुपमा सफा गर्ने ।
८. चल्ला खोरमा ल्याउदा इलेक्टूोलाईट पाउडर पानीमा मिसाई खान दिने साथै ब्रोडस्पेकट्रम एन्टिबायोटिकको प्रयोग कम्तिमा एक हप्तासम्म गर्ने जसले स साना चल्लाहरुमा मृत्यू संख्या कम गर्न मद्दत गर्छ ।
९. दिन दिनै दानापानीको निरिक्षण गर्ने, खोरमा प्रकाश, तापक्रम, भ्याक्सिनेशन, जुकाको औषधी नियमित रुपमा गर्ने ।