-बशिष्ठ आचार्य
कृषि प्राबिधिक
नेपाल कृषि अनुसन्धान परिषद (नार्क )

पशुपालन भन्नाले बिभिन्न जातिका पशुहरुलाई व्यबस्थित रुपमा उत्पादन लिनको लागि पालिएको भन्ने बुझिन्छ । यस अन्तर्गत बिभिन्न जातिका जनावरहरु पर्ने गरेता पनि हाम्रो देशमा मुख्यतया गाई–भैसी, भेडा–बाख्रा, बंगुर आदी पालन गर्ने गरिन्छ । पशुहरु बिषेश गरी दुध, मासु, उन, मल, छाला उत्पादन साथै भारी बोक्न र खनजोत गर्नमा पनि प्रयोग हुन्छन्।
पशुप।लन गर्दा उत्पादनको उद्देश्य र हावापानी अनुरुपका पशुजातहरु छान्दा उपयुक्त हुन्छ । यसबाट बिभिन्न किसिमका र्आिर्थकलाभ प्राप्त गर्न सकिने भएतापनि उचित ब्यबस्थापन हुन सकेन भने यो ब्यवसाय घाटामा पनि जाने संभावना उत्तीकै रहन्छ ।
पशुवाट कति उत्पादन लिन सकिन्छ भन्ने कुरा उनिहरुको स्याहार संहार मा भर पर्ने गर्छ त्यसमा पशु आहाराको अत्यन्त ठूलो भुमिका रहन्छ , पशुमात्र उन्नत जातको र धेरै उत्पादन दिने खालको छ तर उपयुक्त पोषण तत्वको अभाव भयो भने राम्रो उत्पादन लिन सकिदैन । यसरी आहाराबाट प्राप्त पौष्टिक तत्वहरुवाटनै पशुले उत्पादन गर्ने भएको हुदा पशु पालनमा सवैभन्दा ध्यान पु¥याउनु पर्ने कुरा पशु आहारानै रहन्छ । हाम्रो गाउँघरमा हरियो घाँसपातको अभावमा मंसिरदेखि चैत सम्म जस्तोसुकै बढि उत्पादन दिने पशु भएपनि बढिमात्रामा पराल खुवाउने चलन हुन्छ जसवाट पशुहरुले संतुलित आहारा खान पाएका हुदैनन् अन्तत उत्पादनमा ह्रास आउनुका साथै पशुहरु दुब्लाएर हाडछाला बाँकि रहने हुन्छ जस कारण पशु पालन ब्यवसायनै असफल हुने गरेको पाइन्छ । पशुपालनवाट बढि अम्दानी लिनको लागि पशुहरुको आहारामा प्रयाप्त पौष्टिक तत्व प्रदान गर्नु पर्दछ । हाम्रो देशमा पशु आहाराको मुख्य स्रोत खेतबारीको कान्लावाट पा्रप्तहुने हरियो घाँस,डालेघाँस ,बन जंगलबाट प्राप्तहुने घाँसपातहरु र खेतीपातीवाट प्राप्तहुने नल, ढोड, छ्वाली, पराल आदि हुन यसवाहेक वाटोको छेउछाउ तथा खालि जग्गामा पशुहरुलाई चराएर पनि पाल्ने गरिन्छ । पौष्टिक तत्वको दृष्टिले नल , पराल ज्यादै निम्न स्तरको आहारा हो भने खेतवारी, जंगलबाट प्राप्तहुने घाँसपातहरुप्रयाप्तमात्रामा नहुने र बाह्रै महिना उपलब्ध नहुने हुदा पशुहरुमा आहराको बर्षभरी अभावनै रहन्छ । फलस्वरुप हरेक प्रकारका पशुहरुको उत्पादन कम हुने गर्दछ । हरियो घाँसमा प्रोटिन खनिज भिटामिन जस्ता पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने गर्छ र कोषेजातका घाँसमा प्रटिनको मात्रा बढि भएकाले यसलाई अन्य घाँस संग मिलायर खुवाएमा पशुलाई आवश्यक सवैजसो पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता घाँस दाना भन्दा निकै सस्तो पर्छ यसर्थ पशुपालनबाट फाइदा लिने र पशुपालनलाइ व्यबसायीक रुपमा अंगाल्ने हो भने घाँस खेती गर्नु अत्यन्तै आबश्यक छ।
यसरी घास खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्टे«लिया ,न्युजिल्याण्ड हरुलार्इृ उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय र्आिर्थक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस खेति गरि आबश्यक मात्रामा उत्पादन लिन सकिन्छ। यहाँका लागि उपर्युतm प्रमुख जातका घासँ खेतिको बारेमा जानकारीहरु तल दिईएको छ :
१) स्टाइलोः
यो गरम हावापानी भएको ठाँउमा हुने कोसे जातको बहुबर्षिय घाँस हो । यसलाई जेष्ठ–आषाढमा पानी परेर जमिन भिजेको बेला लगाउनु पर्दछ। माटोमा चिस्यान नभएको बेला यसलाई छर्नु हुदैन । यो घाँस खरबारी, पाखो, रुखो भिरालो,भुक्षय भएको ठाउका साथै सडकको छेउछाउ,नहरको छेउछाउ,अत्यधिक चरणहुने चरण क्षेत्रहरु लगाएतका स्थानमा लगाउन सकिन्छ। यसलाई रामा्रे संग खनजोत गर्नु आबश्यक हुदैन, भिरालो जग्गामा एक अंगुल जति गहिरो तेसो्र लाइन कोरेर बिउलाइ अलि–अलि छोपेर लगाउन सकिन्छ। रामा्रे बर्षात भइरहेको बेला नखनिकन त्यसै छर्दा पनि हन्छ। बहुबर्षिय घाँस भएकोले यसलाई काट्दा फेदसम्म काट्न र चराउन हुदैन, फेदबाट करिब ३ अंगुल छोडेर काट्नु पर्छ । यसलाई लगाएको ३–४ महिना पछि पहिलो पटक र बर्षको ४–५ पटक सम्म काट्न सकिन्छ,यसबाट जम्मा ५ किलो प्रति हे.का दरले उत्पादन लिन सकिन्छ।
२) नेपियर र डाले घाँसः
नेपियर सिँचाइ व्यबस्था भएको र गरम हावापानीमा हुने एक प्रकारको बहुबर्षिय घाँस हो । यसलाइ बारीको सिमाना वरिपरि, कान्ला, डिल, पाखा, पखेरो आदिमा लगाउन सकिन्छ । बिशेषगरी डालेघाँस बारीको सिमानामा र नेपियर कुलोको डिलमा लगाउन सकिन्छ । यसको बिउ नहुने भएकाले उखुजस्तै छिप्पीएको डाँठ जमिनमा त्रि सुताएर गाडेर लगाउनुका साथै बर्षायाममा घाँस काटेर बचेको जरा सहितको डाँठको फेद रोपेर पनि लगाउन सकिन्छ । यसको तिन आख्ला भएको डाँठलाई छड्के गरि तल्लो एक आख्लो जमिन मुनि बिचको आख्लो सतहमा र माथिल्लो आख्लो जमिन माथी पारी २५ से.मि. दुरीमा रोप्नु पर्दछ । यसलाई रोपेको दुई महिना पछि पहिलो पटक र पछि दुइ हप्ताको फरकमा वा दुइ हात अग्लो भएपछि ६ अंगुल छोडेर काट्नु पर्दछ । यसलाई परालमा मिसाएर सानो सानो टुका्र बनाई काटेर खुवाउदा उपर्युत हुन्छ ।
३) बर्षिम :
यो न्यानो हावापानी हुने तराइ तथा पहाडको बेसिमा हिउदमा (आश्विन–कार्तिक) लगाउन सकिने कोषे घाँस हो । यसलाई धान काट्नु भन्दा ३ हप्ता पहिला सिदै छर्न सकिन्छ । अथवा धान काटिसकेपछि डल्ला फोडेर छर्न सकिन्छ । विउ छरेको ४५ दिनमा र प्रत्यक कटाई पछि सिचाई गर्नु पर्छ । यसलाई सिजनमा ५–६ पटक सम्म काट्न सकिन्छ , यसरी प्रति कठ्ठा २–३ टन हरियो घाँस उत्पादन हुन्छ, यसलाई परालसंग मिसाएर खुवाउदा राम्रो हुन्छ ।
४) जै :
यो तराइमा हिउद र उच्च पहाडमा गर्मी महिनामा हुने एक प्रकारको पौष्टिक घाँस हो। यसलाई धान काटिसकेपछि कार्तिक–मंसिरमा गहूँ जस्तै गरी छर्नु पर्दछ । यसको लागि प्रति कठ्ठा ३ किलो बिज आबश्यकता पर्छ र छरेको ३ हप्ता पछि २ किलो प्रति कठ्ठा युरिया छरेर तुरुन्त सिँचाई गर्नु पर्छ । त्यसपछि प्रत्यक पटक काटेपछि यसरी नै युरिया छरेर सिँचाइ गर्नु पर्छ ।विउ छरेको ४५ दिनमा र प्रत्येक २–३ हप्ताको अन्तरमा ४ पटक सम्म काट्न सकिन्छ ।
५) बदामे घाँस :
यो मानिसले खाने बदामको बोट जस्ता देखिने,गरम हावापानीमा हुने एक प्रकारको कोषे घाँस हो । बर्षायाममा सजिलै बढ्ने र फैलिनुका साथै अरु घाँस संग राम्रो प्रतिस्पर्धा गरि बाच्ने भएकाले सुख्खा अति चरि चरण हुने कम मलिलो स्तरको जग्जामा पनि यसको खेति गर्न सकिन्छ । यसलाई बिउबाट छर्दा १५–२० किलो प्रति हे. बिउ आबश्यक हुन्छ र हाँगा काटि लगाउदा नर्सरीमा बिरुवा हुर्काइ ३० से.मी दुरिमा सार्नु पर्छ । यसले जनावरको कुल्चाई समेत रामो्र संग सहन सक्ने र चाडै फिजिने हुदा खेर गइरहेको चउरमा यसको खेति गरेमा रामो्र चरण क्षेत्रमा परिणत हुन सक्दछ । यो घाँस सबै जातको जनाबरलाई उपर्युतm मानिने पौष्टिक आहरा मानिन्छ ।
६) बिन क्यासिया :
यो पौष्टिकताले भरिपुर्ण गरम हावापानीमा हुने एक प्रकारको कोषे घाँस हो । चाडो बढ्ने र फैलिने भएकाले यो घाँस हैसियत बिग्रेको तथा चरण क्षेत्र सुधारका लागि उपर्युतm घुसुवा वालीका रुपमा लगाउन सकिन्छ । यसका साथै छायाँ पनि खप्न सक्ने हुदाँ वनत्रिको खुला क्षेत्रमा पनि रोप्न सकिन्छ । यसलाइ स्टाइलो, ज्वाइन्टभेच संग मिसाएर पनि छर्न सकिन्छ ।
७) इपिलइपिल :
यो बाहैै्र महिना हरियो रहने र गरम हावा पानीमा हुर्कने एक प्रकारको बहु बर्षिय पोषिलो कोषे घाँस हो । बर्षभरि उत्पादन दिने यो घाँसले सुख्खा सजिलो संग खप्न सक्छ भने पानी जम्ने स्थानमा हुदैन । यसलाई बिउबाट छर्दा बिउलाई पहिला उमालेको पानीमा डुबाएर तुरुन्तै निकाल्ने र छहारीमा सुकाएर १० मिटरको दुरीमा छर्नु पर्छ । नर्सरी बनाएर गर्दा फाल्गुनमा नर्सरी तयार गर्ने र बर्षतमा सार्नु पर्छ । यसलाइ रुख नबनाई बर्षातमा २ महिनामा एक पटक काट्नु पर्दछ,भाँचेमा रामो्रसंग पलाउदैन । यो घाँस उग्राउने पशुको लागि अति पोषिलो मानिन्छ ।
८) ह्वाइट क्लोभर :
यो एक प्रकारको बहु वर्षिय काषे घाँस हो । चिसो हावापानी र चिस्यान भएको माटो खोल्सा खोल्सी,बगैचा,चउर आदि ठाँउमा खनजोत गरेर वा नगरी पनि छर्न सकिन्छ । विउ सानो हुने हुदा वालुवा माटो खरानीमा मिसाएर एकनासले छर्नु पर्दछ छरीसकेपछि माटोलाई हात अथवा स्याउला कुचो आदिले हल्का संग चलाउनु पर्छ यसलाई छरेको चार महिना देखि उत्पादन लिन सकिन्छ ।