समाज

कृषि व्यवसायमा महिलाको सहभागिता बढ्दो

नेपालगन्ज। बाँकेका थारु समुदायका अधिकांश महिला तरकारीखेती र पशुपालन व्यवसायमा संलग्न भएको पाइन्छ । कृषिसँग सम्बन्धित विभिन्न तालिम र बीउबिजन तथा सिँचाइ सुविधा पाएपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । बैजापुर, वनकटवा, कोहलपुर, बिनौना, कचनापुर, फत्तेपुर क्षेत्रका अधिकांश थारु महिला व्यक्तिगत तथा समूहमा तरकारीखेती गर्न थालेका छन् । किरण स्वयम् सहायता समूहका अध्यक्ष […]

तरकारी खेतीले ग्रामीण भेगको जीवनशैली फेरिँदै

भक्तपुर। नगरकोट नगरपालिका– १, ताथली नाला छापकी ३० वर्षीया सिर्जना थापा ११ वर्षअघि ललितपुरको टीका भैरवबाट विवाह गरी आइन् । श्रीमान बेरोजगार तथा पाँच भाइ छोरामा जग्गा बाँडिदा आफ्नो भागमा परेको जग्गाको उब्जनीले थापालाई खान लाउन धौधौ हुनथाल्यो । तर त्यही खेतमा काउली, आलु, वन्दागोभी, लौका र काँक्रालगायत तरकारी बाली लगाउन थालेपछि अहिले थापाको जीवन […]

मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने

काठमाडौँ।  यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ । ‘पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा […]

कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा

म्याग्दी । बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र सञ्चालनमा आएको हो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य वस्तुको सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको संस्थाकी सचिव मीना खत्रीले बताउनुभयो । […]