समाज

असिनाले खेतीबाली नष्ट

लमजुङ। पश्चिम लमजुङको भोर्लेटार क्षेत्रमा शुक्रबार दिउँसो परेको असिनाले खेतिबाली पुरै नष्ट भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ५, ६ र ७ मा परेको असिनाले फलफूल, तरकारी र मकैबालीलाई र्पूण रुपमा क्षति गराएको स्थानीयले बताए । आधा घन्टासम्म निरन्तर रुपमा असिना परेको मध्यनेपाल– ७ निवासी कुसुमाकर माविका शिक्षक युवराज घिमिरेले बताए । उनका अनुसार […]

बाँदर आतंकविरुद्ध उजुरी परेपछि धमाधम पक्राउ

धनकुटा। सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ । बाँदर आतंकले जिल्लाका कतिपय स्थानीय तहमा बसाइँ सर्ने अवस्था नै आएको भन्दै स्थानीयबासीले बाँदर नियन्त्रणको माग गर्दै […]

बिचौलियाबिरुद्ध कृषि मन्त्री,रोकिएला तरकारीमा रहेको सिण्डिकेटको जालो

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तरकारी व्यवसायमा भएको बिचौलियाको सिण्डिकेट बिषयमा छानविन गर्ने भएको छ । किसानले उत्पादन गरेको तरकारीमा बिचौलियाले गरेको चलखेलका कारण किसान ठगिएको र आम उपभोक्ता पनि मारमा परेको समाचार सार्वजनिक भएपछि मन्त्रालयको ध्यानाकर्षण भएको हो । कृषि मन्त्री चक्रपाणि खनालले पत्रकार तथा सरोकारवालासँग बिहिबार छलफल गर्दै भने, ‘तरकारीमा बिचौलिया तथा […]

एक रोपनीभन्दा कम जमिन खरिद बिक्रीमा रोक

इलाम। आफ्नो नाममा रहेको एक रोपनीभन्दा कम जमिन बेच्नै पाइँदैन भन्दा पत्याउनै गाह्रो होला । तर, इलामका जनप्रतिनिधिले यस्तै नियम बनाएका छन् । सूर्योदय नगरपालिकाले फिक्कल पशुपतिनगर सडक खण्डबाट ५०० मिटर दायाँबायाँ १ रोपनीभन्दा कम जग्गा खरिद बिक्री गर्न नपाउने नियम बनाएपछि स्थानीबासी असन्तुष्ट बनेका छन् । नगरपालिकाले नमूना बस्तीका लागी भन्दै ९ नम्बर वडालाई […]

गाडीका गाडी कुखुरा तस्करी ,सम्बन्धीत निकाय मौन

लाहान। सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि सिराहामा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ। बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसन्डीलगायत नाकाबाट खुलेआम कुखुरा तस्करी हुने गरेको हो। भारतमा कुखुराको मासु किलोमा ५० देखि सय रुपैयाँ सस्तो भएकाले तस्करी हुने गरेको जनाइएको छ। सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी […]

थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन

नवलपरासी। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रमा व्यावसायिक रुपमा खरायोपालन शुरु गरिएको छ । यहाँका दुईजना युवाले अध्ययनसँगै खरायोपालन व्यवसायलाई अघि बढाएका हुन् । गैँडाकोट–९ थुम्सीमा ‘के एन्ड के र्‍याविट फार्म एण्ड रिसर्च सेन्टर’ स्थापना गरेर स्थानीयवासी २२ वर्षीय विनय खनाल र गैँडाकोट–२ का २१ वर्षीय पुरुषोत्तम काफ्लेले खरायोपालन शुरु गरेका हुन् । दुवैजना नेपाल पोलिटेक्निक […]

धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने

धनकुटा। पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने भएको छ । उन्नती परियोजना, उद्योग वाणिज्य संघ धनकुटा र नेपाल अलैंची व्यवसायी महासंघ धनकुटा शाखाको संयुक्त लगानीमा दुई सय टन क्षमताको शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डार निर्माण गर्न ३ करोड १४ लाख रुपैयाँ लाग्ने बताइएको छ । वस्तुको प्रकृतिअनुसार […]

तीन हजार तीन सय लघुउद्यमी तयार

तेह्रथुम । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३४८ लघुउद्यमी तयार भएका छन् । लघु उद्यम विकास कार्यक्रम, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्लामा लघुउद्यमी तयार भएका हुन् । सो कार्यक्रमले उद्यमशीलता विकासबारे ज्ञान प्रदान गरी आयमूलक व्यवसायमा लाग्न प्रेरित गर्दै सीपमूलक […]

युवा टर्की पालनतर्फ आकर्षित

म्याग्दी। पछिल्लो समय युवा वर्ग स्वादेशमै मेहनत गर्न थालेकाछन् । म्याग्दी बेनीका युवाले यति बेला गाउँमै नयाँ कामको थालनी गर्न थालेकाहुन् । बेनी नगरपालिका हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पक्षी पालन गर्नुभएको हो । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न शुरु […]

बाख्रा अनुसन्धान केन्द्रमा पाठापाठी तयार

तनहुँ । तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी उन्नत जातका बाख्राका पाठापाठी तयार गरेको छ । केन्द्रले चालु आर्थिक वर्षमा १६५ बटा विभिन्न प्रजातिका बाख्राका पाठापाठी तयार गर्ने लक्ष्य निर्धारण गरेको भएपनि अहिलेसम्म १८२ भन्दा बढी पाठापाठी केन्द्रमा तयार भैसकेका छन् । अझै बाँकी ३ महिनामा १५ वटा जति थपिने अपेक्षा केन्द्रले लिएको […]