समाज

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान। अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो । बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब […]

कृषकका लागि बजेटमा आएका अधिकांश कार्यक्रम घोषणमै सिमित

काठमाडौं। गत वर्षको बजेट वक्तव्यमा उल्लेखित कार्यक्रमध्यै एक दर्जन भन्दा बढि कार्यक्रम घोषणमै सिमित भएका छन् । कृषि विकास मन्त्रालयले घोषणा गरेका कार्यक्रममका लागि खर्च नहुँदा बजेट कार्यक्रम कार्यान्वयनको अबस्था कमजोर बनेको हो । मन्त्रालयका अनुसार सरकारले गत बर्षको बजेटमार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सो आर्थिक बर्षदेखि गहूँ र तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको […]

‘लिफ्ट’ गरेर खानेपानी

बागलुङ। नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कुल ३२ करोड २५ लाख रूपैयाँमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ । दुई […]

मेलम्चीपछि काठमाडौंमा याङ्ग्री र लार्के खोलाको पानी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई ध्यान दिँदै मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ। पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया थालनी गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यका भित्रयाउने […]

हरियो धनिया किन खाने ?

हामीले दैनिक जीबनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ । धनियाको बिया जमिनमा छरिदियो भने उम्म्रिदै आउछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीबनमा प्रयोग गर्ने गरिन्छ । हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ । धनियामा हुने पोषणहरुबारे तल केहि बुदा दिईएको छ : धनिया को बीजमा  phytonutrients भन्ने पोषण […]

चितवनमा ध्रुवेको आतंक फेरि शुरु

चितवन। मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्। स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए। उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार […]

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ: मन्त्री मगर

चितवन। खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उहाँले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताउनुभयो । तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश […]

व्यावसायिक घाँसखेतीतर्फ किसान आकर्षित

बाँके। मनकामनापुरका किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित बन्दै गएका छन् । पछिल्लो समय किसानले आफ्नै खेतबारीमा घाँस उत्पादन गरी व्यावसायिक गाईपालनसमेत गरिरहेका छन् । कृषि उत्पादन गरेरभन्दा व्यावसायिक पशुपालन गर्दा मनग्य आम्दानी हुने भएपछि किसानहरूले आफ्नो धेरै जस्तो जग्गामा वर्सिम, जै, डाले घाँसलगायतका घाँस उत्पादन गर्न थालेका छन् । आफ्नै खेतवारीमा उत्पादन गरेको घाँस बढी पोषिलो […]

मापदण्ड विपरीत मासु पसल सञ्चालन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ। नगरपालिकाको पशु सेवा शाखामा पसल दर्ता गरी सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यहाँका धेरै पसल दर्ता नगरी सञ्चालन गरिएको भेटिएको हो। नगर प्रमुख दिलबहादुर ऐरले मापदण्ड विपरीत सञ्चालन गरिएका मासु पसल बन्द गर्न पशु सेवा शाखाका प्रमुखलाई निर्देशन दिएको बताए। ‘नगरवासीको स्वास्थ्यमा […]

पुल र नहर नबन्ने भएपछि किसान चिन्तित

उर्लाबारी। गत वर्षको साउन २८ गते आएको बाढीले भत्काएको लोहन्द्रा खोलाको पुल यो वर्ष नबन्ने भएपछि किसान चिन्तित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाउँदा नहरको साइफन (खोलामुनिबाट नहरको पानी लैजाने पैनी) बगेपछि लोहन्द्रा पूर्वको १२ हजार ३६५ हेक्टर जमिन सिँचाइबाट वञ्चित भएको थियो । मोरङमा […]