समाचार

आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ। आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक […]

च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका

गलकोट। रू. पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू. दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात […]

अछामको कोदो कञ्चनपुरको सिमटारी चामल लोकप्रिय बन्दै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले कोदोको पिठो र रैथाने जातको सिमटारी धानको चामल ‘प्याकेजिङ’ गरी बजारमा बिक्री वितरण गर्न सुरुआत गरेको छ । सो सहकारीले कोदो अछामबाट खरिद गरेर आफ्नै प्रशोधन उद्योगमा पिठो बनाइ बेच्न सुरु गरेको हो । यसैगरी सहकारीले आफँैले उत्पादन गरेको रैथाने जातको सिमटारी धानको चामल पनि बिक्री […]

बेमौसमी सुन्तला फलाउँदै खड्का

गलकोट। सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु. एक सयका दरले बिक्री गर्नुभयो । उन्सु जातको सुन्तला उत्पादन गदै आउनभएका खड्काले ‘सिजन’मा रु तीन लाखको सुन्तला बिक्री गर्नुहुन्छ भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आउनुभएको छ । उहाँले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु. ५० हजार आम्दानी गरेको […]

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

पर्वत। पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ । कृत्रिम गर्भाधानका माध्यमबाट […]

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

झापा। कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको […]

उत्पादनमा आधारित कृषि अनुदान

बलेवा। जिल्लाको गलकोट नगरपालिकाले किसानका फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना ल्याएको छ । तीन सय केजीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकेजी रू तीनका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको हो । किसानलाई फलफूल तथा तरकारी उत्पादन बढाएर पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ ल्याइएको वडा नं. २ का वडाध्यक्ष […]

गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

भोजपुर। दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो । मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै […]

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

ढोरपाटन। एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने […]

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा

गण्डकी। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त आज […]