समाचार

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

दमौली। तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन […]

झाडी फाँडेर सामूहिक सुन्तला खेती

बादुक। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले विसं […]

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

चितवन। खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् । खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुमा एक कट्ठामा […]

कालिजले पाएन बजार

म्याग्दी। कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेको हरियाली […]

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

गण्डकी। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुु¥याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट […]

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

ढोरपाटन। फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान […]

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

भोजपुर। भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा  परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ । खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर […]

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

म्याग्दी। मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट […]

मलाह समुदायको पेसा सङ्कटमा

इनरुवा। माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन  थालेपछि छाडेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो । ती समुदायका मानिसहरु सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए । सुनसरी कोसी–३ का गुलाबी […]

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो

ढोरपाटन। नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ […]