किसान

बाख्रापालनले फेरेको महिलाको आयआर्जन

तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गरेका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएका छन् । उनले ३५ वटा बाख्रा पालेका छन् । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरिन् । […]

विदेशमा भोगेको सयौं हण्डरले स्वदेशमा उद्यमी

ललितपुर। सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पुर्यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र […]

अव आलु खेती गर्नेलाई पनि अनुदान

दमौली। तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६÷७७ मा पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष […]

डिग्री पढेकी युवती गाईको मलमुत्र स्याहार्दै

कोहलपुर। डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बन्नु भएको छ । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले घरव्यवहार धान्छन् […]

विदेशबाट फर्किएर कुखुरापालन

भोजपुर। जिल्लामा पछिल्लो समय युवामा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण बनेका छन् भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करिब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् । शुरुमा बोइलर जातको […]

सडक अवरुद्ध : करोडौं मूल्यको आलु बिग्रदैं

गाईघाट। वर्षाका कारण सकड भत्केर यातायात अवरुद्ध हुँदा उदयपुर क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यका आलु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको […]

हुने खानेको रोजाइमा पर्दै कोदो

पोखरा। वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी […]

कृषिबाटै करोडपति

म्याग्दी। आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका व्यक्ति विदेश पनि नगाई र कुनै जागिर, व्यवसाय पनि नगरी करोडपति बनेको कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्ला । तर, म्याग्दीको बेनी नगरपालिका वडा नं २ खवराका एक व्यक्ति विदेशी भुमिमा होइन आफ्नै खेत खलोको माटोमा खेल्दै, मिहिनेतका पसिना बगाउँदै,अरुलाई खुवाउँदै–आफूले खाँदै, […]

मौरीपालनबाट मनग्य आम्दानी

स्याङ्जा। रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आएकी […]

तरकारी खेतीबाटै दुई करोड बढीको सम्पत्ति

पर्वत। व्यवसायिक कृषिमा युवाको आकर्षण बढेको छ । एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु. १२ लाख जति आम्दानी गर्दै आउनुभएको छ । करीब अढाइ दशकदेखि तरकारीमा लाग्नुभएका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको […]