किसान

कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा

म्याग्दी । बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र सञ्चालनमा आएको हो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य वस्तुको सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको संस्थाकी सचिव मीना खत्रीले बताउनुभयो । […]

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

रसुवा। चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । […]