किसान

जाँगरिला डिलबहादुर, जसले कमाउँछन् वार्षिक १२ लाख

गलकोट। माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्छन्, “अहिले सङ्घर्षरत छु, साँच्चिकै […]

अनुदान पाएपछि बाख्रापालक किसान हर्षित

इनरुवा। सुनसरी रामधुनी नगरपालिका–८ का ५५ वर्षीय हरिप्रसाद खतिवडा करिब १२ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । बाख्रासँगै रमाउने र बाख्राको आम्दनीबाट नै घरपरिवार चलाउँदै आएका खतिवडाले पहिलो पटक राज्यबाट अनुदान पाएपछि खुशी भए । “अहिलेसम्म आफूले बाख्रामा अनुदान प्राप्त गरेको थिएन”, उनले भने, “आइतबार चार वटा माउ बाख्रा र एउटा व्याड बोका अनुदानमा […]

बाँच्ने आधार भनेकै कृषि : ‘गरे नहुने के रहेछ र ?’

वीरेन्द्रनगर। कर्णाली चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन् । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन् । अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ । उनले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोपेका थिए । करिव […]

कौडीको भाउमा चिया बेच्दा रुन्छ मन : चिया किसान

इलाम। सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ । “खासमा दुःख गरेअनुसारको […]

कंक्रिट सहरका हराभरा कौसी

पोखरा। पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा […]

किसानलाई ५० प्रतिशत अनुदानमा केराका बिरुवा वितरण

भरतपुर। चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो । मालभोग जातमा लाग्ने पानामा रोग विस्थापनका लागि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका टिस्युकल्चर बिरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत […]

५० प्रतिशत अनुदानमा बोयर जातको बाख्रा वितरण गर्दै गाउँपालिका

पर्वत। जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले एक सूचना प्रकाशित गरी कार्यक्रममा सहभागि हुन ईच्छुक पशुपालक कृषक, कृषक समूह, कृषि सहकारी,संघ संस्थालाई सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजातहरु सहित निवेदन पेश गर्न आव्हान गरेको छ । संचालन […]

लकडाउनको मारमा किसान, खेती गर्ने जग्गाको भाडा तिर्न समस्या

सर्लाही। जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । हरिवन नगरपालिका–४ सासापुर तीनघरेका रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिघा जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । ती जग्गाको वार्षिक रु. तीन लाख भाडा तिर्ने गरी सम्झौता भएको छ । तर उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनीहरु […]

बाँझो जग्गा नराख्ने अभियान शुरु, लगानीको ५० प्रतिशत अनुदान दिइने

तनहुँ। शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो । उक्त अभियानअन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । […]

अझै पाएनन् उखु किसानले भुक्तानी

नवलपरासी। उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताए । समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रूपैयाँ, लुम्बिनी चिनी उद्योगले […]