किसान

बिचौलियाको मारमा केरा उत्पादक किसान

चितवन। पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु. तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु. १० सम्ममा किन्ने गर्नुभएको छ । उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गर्नुभयो, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले […]

प्राविधिक सीप सिकेर शुरु गरेको व्यवसायले बिर्साइदियो इराकको कमाइ

गलेश्वर। वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उहाँले सोच्नुभयो, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र रु” त्यसपछि उहाँ आफ्नै […]

बजार अभावले खेती छाड्दै परबर उत्पादक किसान

कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परबर खेती गर्न छाड्दै जान थालेका छन् । नगरपालिकाका छभन्दा बढी वडाका सय बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् । नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँुदै आएको थियो । भारतीय बजारमा निर्यात […]

किसानको दुखेसो ‘राख्नु न उखेल्नु भयो चिया’

इलाम। “राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उनी भन्छन् । बजारमा […]

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

कञ्चनपुर। बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐरले कृषि फार्म सञ्चालन गरेका हुन् । ५२ लाख रुपैयाँ लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन् । फार्ममा […]

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

दमौली। तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उहाँले भन्नुभयो, “मल सकिएको पनि होइन, मल छ तर […]

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

रुकुमपश्चिम। रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ । पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले […]

सोमबारदेखि युरिया मल वितरण गर्दै साल्ट ट्रेडिङ

विराटनगर। रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया […]

भाडाको जग्गामा व्यावसायिक तरकारी खेती

गलकोट। म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैँडा निवासी सरु बस्नेत आठ वर्षदेखि बागलुङमा छिन् । परिवारसहित बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि आठ वर्ष नै भयो । एउटी महिला, म्याग्दीदेखि बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, सरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए । घर छाडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट […]

शिक्षण पेशा छाडेर कागती खेती

चितवन। पूर्बी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी वोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गर्नुभएको हो । अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक विगाह १० कठ्ठामा कागति खेती गर्नु भएको हो […]