अन्तर्राष्ट्रिय समाचार

रामदेवको पतञ्जलीका औषधि गुणस्तरहीन, नेपालमा विक्री गर्न रोक

काठमाडौं : नेपाल सरकारले रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । साथै विभागले बजारमा रहेका ती औषधि […]

भोकमरीको चपेटामा अफ्रिका !

एजेन्सी। अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ। त्यसैले पनि होला प्राय अफ्रिकी मुलुक […]

दक्षिण सुडानमा अनिकाल

एजेन्सी। दक्षिण सुडानमा अनिकाल घोषणा गरिएको छ । पछिल्लो ६ वर्षमा कुनै देश अनिकालग्रस्त घोषणा गरिएको यो पहिलो पटक हो । सुडान सरकार र संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार करिब १ लाख मानिस अहिले भोकमरीको चपेटामा छन् र लाखौं अन्य नागरिकहरु यसको नजिक छन् । वर्षौसम्म चलेको गृहयुद्ध र अर्थतन्त्रमा आएको गिरावटलाई यसको कारक मानिएको छ । सुडान बाहेक […]

नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

जोहानसबर्ग। संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् । बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ । खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय सङ्कट हो । बोको हराम […]

तीन अर्ब जनसंख्यालाई पुग्ने खाद्यान्न खाल्डोमा

एजेन्सी। एसिया-प्रशान्तीय क्षेत्रमा झण्डै ५० करोड मानिस भोकमरीको पीडामा छन्। जबकि, यहाँ उत्पादित फलफूल, तरकारी र अनाजमध्ये ४२ प्रतिशत खेर फाल्ने गरिएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य विश्लेषकले खाद्यान्न खेर फालिने हुँदा एसियाली नागरिकमा भोकमरीले थप सताएको बताएका छन्। ‘उत्पादनपछिको फसल संकलन, प्रशोधन, भण्डारण (पोष्ट प्रोडक्सन हार्भेष्ट) मा प्राविधिक त्रुटिले यो क्षेत्रमा धेरै खाद्यान्न खेर जाने गरेको […]

वातावरण परिवर्तनबाट कृषि क्षेत्र प्रभावित,२०३०भित्र खाद्यान्न उत्पादन ठूलो मात्रामा घट्ने

-रासस/एएफपी फ्रान्स । विश्वका कुटनितिज्ञको मोरक्कोको माराकेसमा यस हप्ता शुरु भएको बहसले वातावरण परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको विज्ञहरुले बताएका छन् । कृषि वातावरण परिवर्तनका कारण नराम्ररी प्रभावित भएपनि नोभेम्वर ७ देखि नोभेम्वर १८ सम्म हुने छलफलले समस्याको समाधान ल्याउने […]

राजस्थानमा मेगा फूड पार्क बनाउने योजनामा पतञ्जलि

जयपुर (राजस्थान) । योगा गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जलि आयुर्वेदले भारतको राजस्थानमा मेगा फूड पार्क निर्माण गर्ने भएको छ । डेरी तथा मसला उत्पादनमा हात हाल्ने तयारीमा रहेको पतञ्जलिले राजस्थानलाई आफ्नो यात्रामा समावेश गर्ने चाहना राखेको बताइएको छ । पतञ्जलिले राजस्थान तथा अन्य राज्यबाट मसला खरीद गरेर त्यसलाई प्रशोधन गर्ने कार्य गर्ने रामदेवले बताएका छन् […]

भारतमा दैनिक उपभोग्य वस्तुको भाउ घट्यो

नयाँ दिल्ली। भारतको थोक मुद्रास्फीति सेप्टेम्बरमा ३.५७ प्रतिशतमा झरेको छ । तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य ओरालो लागेपछि समग्र थोक मुद्रास्फीति घटेको हो ।मूल्य वृद्धिको वार्षिक दरको प्रतिनिधित्व गर्ने थोक मूल्य आधारित मुद्रास्फीति अगस्टमा ३.७४ प्रतिशत रह्यो । सन् २०१५ को सेप्टेम्बरमा थोक मुद्रास्फीति माइनस ४.५९ प्रतिशत थियो । तरकारीमा थोक मूल्य सूचक सेप्टेम्बरमा ओरालो […]

चीनमा खडेरीबाट करिब दुई लाख पचास हजार मानिस प्रभावित

वुहान (चीन)। मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् ।सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा […]

बाख्राहरुसँगै घाँस खाएर ३ दिन जंगलमा चरेका व्यक्तिले पाए ‘नोबेल पुरस्कार’

बेलायत।तीन दिनसम्म बाख्राको जीवन बाँचेर वैज्ञानिक अनुसन्धान गरेका एक बेलायतीले यो वर्षको ‘आइजी नोबेल पुरस्कार’ प्राप्त गरेका छन् । टमस थोयट्सले बाख्राजस्तै चारखुट्टा टेकेरै ३ दिनसम्म बाख्राजस्तै जीवन बाँचेका थिए । उनी बाख्राहरुसँगै चरनमा गएर घाँस समेत खाएका थिए । बाख्राजस्तै बन्नका लागि उनले बेग्लै किसिमको कृतिम ‘बाख्रे खुट्टा’हरू प्रयोग गरेका थिए । ३ दिनसम्म […]